• २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको गृहकार्य अन्तिम चरणमा

काठमाडौँ, जेठ १२ - प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डको आसन्न भारत भ्रमणको तयारी अन्तिम चरणमा पुगेको  छ ।  भ्रमणलाई फलदायी बनाउने गरी भारतसमक्ष उठाइने कार्यसूचीका विषयमा पनि सबै मन्त्रालयका पदाधिकारीसँगको छलफल  सकिएको छ।

संभवत भोली सम्ममा नेपाल र भारत दुवै देशका परारष्ट्र मान्त्रालय मार्फत भ्रमणको तालिका सार्वजनिक हुने छ ।  जेठ १७ गते प्रधानमन्त्री भारत भ्रमणमा जाने गरी गृहकार्य परारष्ट्र मन्त्रालयले गरेको छ।  

प्रचण्ड तेस्रो पटक प्रधानमन्त्री नियुक्त हुनुभएपछि हुने लागेको पहिलो विदेश भ्रमण हो । आफ्नो पहिलो विदेश भ्रमण भारतबाट शुरु हुँने बताउदै आउनु भएको छ ।  

भ्रमणका लागि नयाँ दिल्लीस्थित नेपाली राजदूतावास पनि सक्रिय  भएको छ। भारतका लागि नेपालका राजदूत डा. शङ्कर शर्माले बिहीबार भारतका विदेशमन्त्री डा सुब्रह्मण्यम जयशङ्करसँग भेटवार्ता गर्नुभएको छ ।

 दुई देशबिचको एजेन्डालाई अन्तिम रूप दिने कार्य, भ्रमण टोलीमा सहभागी हुनेको नामावली तय गर्ने कार्यमा अन्तिम छलफल चलिरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर