• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

प्रहरीमा भर्ना भएका  प्रेमिले गरे प्रेमीकाको हत्या, आफुले गरे आत्महत्याको प्रयास

संखुवासभा । संखुवासभाको खाँदबारी–१ घिमिरे गाउँमा प्रेमिकाको हत्या गरी प्रेमीले आफूलाई पनि खुकुरी प्रहार गरी गम्भीर घाइते भएका छन् ।  खाँदबारीमा डेरा गरी बस्दै आएकी युना दर्नाललाई शुक्रबार बिहान सभापोखरी गाउँपालिका १ का नन्दराम गदालले हत्या गरका हुन् ।

उनले आफ्नै पेटमा पनि खुकुरी प्रहार गरेर गम्भीरर घाइते भएका हुन् ।  सभापोखरी–१ की मृतक दर्नाल खाँदबारीमा डेरामा बस्दै आएकी थिइन् । दर्नानलको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी  वीरेन्द्र गोदारले जानकारी गराए । 

घाइते गदालको जिल्ला अस्तपाल खाँदबारीमा उपचार भइरहेको छ । घाइते २१ वर्षीय गदाल बिहीबार मात्र नेपाल प्रहरीको ३ महिने तालिम सकेर खाँदबारी आएको खुलेको छ ।  स्थानीयका अनुसार गए राती मृतक २१ वर्षीया दर्नालको डेरामा दुबै जना सँगै बसेका थिए । बिहान स्थानीयले घटना थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए । 

हत्याको कारण भने खुल्न नसकेको जिल्ला प्रहरी कार्यालयका प्रमुख गोदारले बताए। घटनाको थप अनुसन्धान भइरहको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर