• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

नेता नेपाल न्यूजील्याण्ड जादैं

काठमाडौं,जेठ १२- नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल न्यूजील्याण्ड जानु हुने भएको छ । न्यूजील्याण्डको अकल्याण्ड सहरमा सोमबार हुने ७०औँ ‘माउन्ट एभरेष्ट सेलेव्रेशन डे’का अवसरमा आयोजना गरिने सभामा विशिष्ट अतिथिका रूपमा सहभागी हुन नेता  नेपाल आज न्यूजील्याण्ड जान लाग्नु भएको हो ।  

तेन्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले पहिलोपटक विश्वको सर्वोच्च हिमशिखर सगरमाथा आरोहणको ७० वर्ष पुगेको अवसरमा उक्त कार्यक्रम आयोजना गरिएको हो ।

नेपालले न्यूजील्याण्ड सरकारका प्रतिनिधि, विभिन्न नेता, त्यहाँस्थित प्रवासी नेपाली र पार्टी निकट प्रवासी मञ्चका प्रतिनिधिसँग भेटघाट तथा छलफल नेता नेपालको सचिवालयले जनाएको छ।

करिब एक साताको भ्रमणका क्रमाम अध्यक्ष नेपालले अष्ट्रेलियाको सिड्नीमा आयोजना गरिने गैरआवासीय नेपाली सङ्घको कार्यक्रममा पनि सहभागी हुने कार्यक्रम रहेको  छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर