• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

गण्डकी र लुम्विनी प्रदेशमा एकै पटक बजेट अधिवेश सुरु

काठमाडौं,जेठ १२- लुम्विनी प्रदेशसभा र  गण्डकी प्रदेशसभाको बजेट अधिवेशन आज एकै पटक सुरु हुँदै छ ।  गण्डकी प्रदेश सभाको आज दिउँसो २ बजे बजेटअधिवेशनको पहिलो बैठक डाकिएको छ ।  उक्त बैठकमा आर्थिक मामिलामन्त्री जीतप्रकाश आले मगरले विनियोजन विधेयक, २०८० का सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्ने कार्यसूची छ ।

बजेटका सिद्धान्त र प्राथामिकता छलफलपछि नीति तथा कार्यक्रम ल्याइने छ । नीति कार्यक्र पारित भएपछि असार १ गते प्रदेशले प्रदेशसभा समक्ष बजेट पेश गर्ने कानुनी ब्यवस्था छ ।

लुम्विनी प्रदेश सभाको बैठकको सम्भावित कार्यसूचीमा प्रदेश प्रमुखबाट अधिवेशन आह्वानसम्बन्धी पत्र सभामुखले पढेर सुनाउने, प्रदेश प्रमुखको कार्यालयबाट ‘मौजुदा मन्त्रिपरिषद्‍मा नियुक्ति र कार्यविभाजन’ सम्बन्धी प्राप्त पत्र सभामुखले सुनाउने रहेको छ । यसैगरी दलको तर्फबाट सांसदहरूले शुभकामना मन्तव्य राख्ने कार्यक्रम समेत रहेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर