• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

स्कारपिओ दुर्घटनामा एक बालक मृत्यु

ताप्लेजुङ । ताप्लेजुङमा स्कारपिओ दुर्घटना हुँदा एक बालक मृत्यु भएको छ । मृत्यु हुनेमा फुङलिङ नगरपालिका–६ का पाँच वर्षका अंशुमन गुरुङ रहेका छन् । 

जिल्ला प्रहरी कार्यालयका अनुसार भोटेगुम्बाबाट पराजुली चोकतर्फ आउँदै गरेको स्कारपिओ दुर्घटना हुँदा बालकको मृत्यु भएको जनाइएको छ । दुर्घटनामा मृतकका ठूलाबुबा चालक कृष्ण गुरुङ घाइते भएका छन् । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक राजन लिम्बूका अनुसार मे १ च ७३५३ नं को स्कारपिओ अनियन्त्रित भई बाटोदेखि करिब ४०–५० मिटर तल खसी दुर्घटना भएको थियो ।

गाडीमा सवार दुवै जनालाई घटनास्थलबाट उपचारका लागि जिल्ला अस्पताल ल्याइएकामा बालकलाई चिकित्सकले मृत घोषणा गरेका थिए । बालककाे शव जिल्ला अस्पतालको शव गृहमा राखिएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर