• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

माओवादीसँग एकता गर्न पार्टीको म्याण्डेड लिए बाबुरामले  

काठमाडौं । पूर्व प्रधानमन्त्रीसमेत रहेका नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले नेकपा माओवादी केन्द्रसँग एकता गर्न पार्टीको म्याण्डेड लिएका छन् । 

माओवादी लगायत पार्टीसँग एकता पहल गर्ने निर्णय नेसपाले गरेको छ । भक्तपुरमा बिहीबार र शुक्रबार बसेको केन्द्रीय समिति बैठकले माओवादी केन्द्रलगायत विचार र राजनीतिक एजेन्डा मिल्ने पार्टीसँग समाजवादी मोर्चा बनाउँदै एकताका लागि पहल गर्ने निर्णय गरेको हो । 

बाबुराम भट्टराईका नेताहरु यसअघि नै माओवादी केन्द्रकै चुनाव चिन्ह लिएर चुनाव लडेका थिए । 

नेसपाका नेता विश्वदीप पाण्डेका अनुसार समाजवादी केन्द्र, ध्रुव निर्माणको लागि समाजवादकेन्द्रित कार्यक्रमसहित एकताका लागि वार्ता समितिले प्रस्तुत गरेको प्रस्तावको माओवादीबाट औपचारिक जवाफ आएपछि नेसपाले निर्णय गर्नेछ ।

बैठकले अध्यक्ष, सहअध्यक्षले प्रस्तुत गरेको प्रस्तावमाथि छलफल गरी एकमतले पारित गरेको उनले बताए ।  

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर