• २०८२ बैशाख २६ शुक्रबार
  • Friday, 9 May, 2025

जसपाको केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं । विधान अधिवेशनमाथि छलफल गर्नजनता समाजवादी पाटी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज (शनिबार) बस्दै छ।

दिउँसो पार्टी कार्यालय बालकुमारीमा बैठक डाकिएको पार्टी चार विभाग प्रमुख पूर्णबहादुर बस्नेतले जानकारी दिए। बैठक दिउँसो १ बजे बस्नेछ।

बैठकमा विधान अधिवेशनको तयारी, विभिन्न समिति र संगठनले गरेको प्रतिनिधि चयन, समसामयिक राजनीतिलगायतका विषयमा छलफल हुनेछ।

जसपाले आगामी असार १०, ११ र १२ गतेका लागि काठमाडौंमा प्रथम विधान अधिवेशन आह्वान गरेको छ। यसअघिको केन्द्रीय समिति बैठकले उक्त विधान अधिवेशनमा पार्टी सम्बद्ध देशैभरिबाट सहभागी हुने सात सय ७८ जना प्रतिनिधिको चयन गरिसकेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर