१६ औ योजनाको राष्ट्रिय आकांक्षा: सुशासन र समृद्धि

काठमाडौं । राष्ट्रिय योजना आयोगले १६ औ आवधिक योजनाको निर्माणको तयारी सुरु गरेको छ । आयोगले आर्थिक वर्ष २०८१/८२ देखि कार्यान्वयनमा आउने गरी सोह्रौं योजना तर्जुमाको तयारी सुरु गरेको हो । आयोगले योजनाको तयारीका लागि हाल विज्ञहरुको सुझाब संकलन सुरु गरेको छ ।
योजना आयोगले सुशासन, समृद्धि र सामाजिक न्याय हासिल गर्ने राष्ट्रिय आकांक्षका १६ औ योजनाले लिने गरी छलफल अघि बढाएको छ । योजनामा महत्वकांक्षी योजना नराख्न अर्थविद् तथा विज्ञहरुले सुझाव दिएका छन् ।
आयोगका पूर्व उपाध्यक्षहरुले १६ औ योजनामा भेटन सक्ने मात्र आर्थिक बृद्धिदरको लक्ष्य राख्न गौरवका आयोजनाहरुको प्राथमीकिकरण गर्न सुझाब दिएका छन् ।
योजनामा कृषि क्षेत्र र उर्जालाइ बढी प्राथामिकतामा राख्न र सम्भावनाको खोजी गर्न विज्ञहरुले सुझाब दिएका छन् । योजना बनाउदा भद्दा नबनाउन र सूचना प्रविधिको प्रयोगमा जोड दिन उनिहरुको आग्रह छ ।
योजना केवल लोकसेवा पास गर्नका लागि अध्ययन गर्न पुस्तकमात्र नबनाई यसलाई उत्पादन र अर्थतन्त्रमा योगदान दिने खालको बनाउन विज्ञहरुले जोड दिएका छन् । योजना आयोगले पहिलो चरणमा आयोगका पूर्व उपाध्यक्ष र सदस्यहरुसँग छलफल गरेको हो ।
प्रतिकृया दिनुहोस