• २०८१ श्रावण १२ शनिबार
  • Saturday, 27 July, 2024

काठमाडौँ शहर ।

कुमार दाहाल

यो जिस्किने र जिस्काउने सहर हो
मस्किने र मस्काउने सहर हो 
यो चम्किने र थन्किने शहर हो ,
कहिले नउठ्ने र नसुत्ने शहर हो 
यो बालेन जन्माउने शहर हो।
यो मान्छे चिन्ने शहर हो,
नचिनेकाहरु मलामी जाने सहर हो,
यो रूप र योवनलाई छताछुल्ल पार्ने सहर हो,
गल्ली(गल्लीमा रुमानी साँझको पर्खाइमा
यो प्रेमको भीख माग्ने शहर हो।
यो स्वप्निल संसारमा उडाउने शहर हो 
पाइला पाइलामा ढोगाउने शहर हो
यो साँझैमा सुत्ने सहर हो
भोको र अघाएको नछुटिने,
यो  मस्त उग्राउने शहर हो।
यो हलचललाई मलजल गर्ने सहर हो
गुन र नुन बिर्सने शहर हो
मदारीहरुले नचाउने शहर हो
यो सबैथोक बिक्रीमा राखेको शहर हो
महल बन्न खोजेका घरहरुमा ,
पाहुनालाइ निगरानी राख्ने शहर हो।
यो आँसु लुकाउने शहर हो
बिदेसिलाई खुशी देखाउने शहर हो
कपुत र सपूत जन्माउने,
यो आर्यघाटको सहर हो,
सत्य र असत्य सधै हेरिरहने ,
यो पशुपतिनाथको  सहर हो।
चारभञ्ज्याङ भित्र सबैथोक लुकाएर,
यो देशलाई नै उठाउने शहर हो।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर