रिहाइको मागगर्दे उच्च अदालत पुगे रायमाझी र खाँड
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेताहरु आफुहरुलाई सामान्य तारिखमा रिहा गर्नुपर्ने निवेदन लिएर उच्च अदालत पाटन पुगेका छन् ।
जिल्ला अदालतबाट आफूहरुलाई थुनामा राख्ने आदेश गलत भएको भन्दै नक्कली शरणार्थी प्रकरणमा मुछिएका एमाले सचिव टोप बहादुर रायमाझी, कांग्रेस नेता एव पूर्व गृहमन्त्री बालकृष्ण खाँड र भुटानी शरणार्थी नेता टेकनाथ रिजाल पाटन उच्च अदालत पुगेका हुन ।
उच्च अदतमा दिएको निवदनमा उनिहरुले मुद्दाको विषयवस्तु, प्रमाणको विवेचना नगरी आफूहरुलाई थुनामा राखेको भन्दै उनीहरुले थुनामुक्त गर्ने आदेश माग गरेका छन् । उच्च अदालत पाटनले खाँण र रायमाझीको हकमा कैफियत प्रतिवेदन मगाउने आदेश यसअघि नै गरिसकेको छ ।
नेपाली नागरिकलाई भुटानी बनाएर अमेरिका पठाइदिने ठकी प्रकरणमा नेताहरु पुर्पक्षका लागि थुनामा रहेका छन् ।
प्रतिकृया दिनुहोस