• २०८१ कार्तिक ६ मंगलबार
  • Tuesday, 22 October, 2024

पूर्व प्रेमीलाई भुल्न सक्नुभएन ? अपनाउनुस् यी ५ उपाय

काठमाडौं । मानिस प्रेममा पागल हुन्छ । उसले आफूले चाहेको प्रेमी वा प्रेमिका पाउने जे पनि गर्दछ । विश्वमा कि त धन कि प्रेम (यौन) का कारण युद्धहरु भएका छन् । 

जब तपाई प्रेममा पर्नु हुन्छ, लाग्छ संसार सुन्दर छ । आफ्नो प्रेमीलाई पागल जस्तै माया गर्नु हुन्छ । प्रेमीको लागि जस्तो सुकै जोखिक मोल्न तयार बन्नु हुन्छ । तर एक दिन तपाईको प्रेमीले तपाईलाई छोड्दा के हुन्छ ? गहिरो प्रेमबाट टाढा राखेर जीवनमा कसरी अगाडि बढ्न सकिन्छ ?  अपनाउनुस् यी ५ विकल्पः

पछ्याउन बन्द गर्नुहोस्

उसको जासुसी गर्न बन्द गर्नुहोस् । अर्थात्, उसले के गर्छ, कोसँग भेट्छ, कहाँ जान्छ, सामाजिक सञ्जालमा के पोस्ट गर्छ, यथवात जानकारीबाट टाढा हुनुहोस् । कसैको जीवनको पछि लागू समय बरबाद गर्नु हो । यो काम बन्द गरेर ध्यान अन्य कुरामा केन्द्रित गर्नुहोस् ।

गल्ती र कमजोरी सम्झनुहोस्

यदि तपाईले कसैलाई भुलाएर जीवनबाट हटाउन चाहनुहुन्छ भने,उसको राम्रो गुणको सहाराले त्यो सम्भव छैन। गल्ती र कमजोरी सम्झनुपर्छ । यसले तपाईलाई भुल्न सहज बनाउँछ ।

ध्यान अन्यत्र राख्नुहोस्

आफू स्वतन्त्र छु, सम्झिनुहोस् । तपाईले चाहनुभएको गतिविधिलाई निरन्तरता दिनुपर्छ । आफूलाई मन पर्ने सिर्जनात्मक कार्यहरू गर्नुपर्छ । यसले तपाईको मनलाई आनन्द प्राप्त हुन्छ ।

साथीको सहयोग लिनुहोस्

प्रेमीबाट अलग भएपछि तपाईलाई साथी चाहिन्छ । मद्दतको लागि नहिचकिचाउनुहोस् । प्रेमीको गल्ती कोबारेमा खुलेर कुरा गर्नुहोस् । यसले तपाईका साथीले सहयोग गर्ने छन् ।

आफूलाई मन पर्ने कार्य गर्नुहोस्

प्रेमीको लागि आफूलाई मन पर्ने कुराहरू त्याग्छौँ । प्रेमीबाट टाढा भएपछि आफूलाई मन पर्ने कार्यहरू गरेर खुसी हुन सकिन्छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर