• २०८० असोज ६ शनिबार
  • Saturday, 23 September, 2023

‘यो अभियान माओवादीको शुुद्धिकरण, देशको रुपान्तरणका लागि हो’ (फाेटाेफिचर)

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले माओवादीले सुरु गरेको तीन महिने अभियान पार्टीको सुद्धिकरण र देशको रुपान्तरणका लागि भएको बताएका छन् । 
माओवादीले आजदेखि सुरु गरेको ‘जनतासँग माओवादी विशेष रूपान्तरण’ तीन महिने अभियानको गोंगवुस्थित नयाँ बसपार्कमा उद्घाटन गर्दै उनले यो अभियान अरु प्रति लक्षित नरहेको बताएका हुन् । 

‘सरकारले जनताको लागि लोकप्रीय काम गर्न सक्छ भन्ने मोडल प्रचण्ड नेतृत्वको सरकारले देखाईरहेको छ । यो सरकारले सुशासनका लागि राम्रो अभियान चलाईरहेको छ,’ नेता पुनले भने, ‘माओवादी आफ्नै सुद्दिकरणका लागि पनि यो अभियान चलाईएको हो । समाजवादको बाटोमा जानका लागि राज्य जनताको अविभावक बन्ने हो।
सरकारले गरेको काम र माओवादीको अभियान अरुप्रति हैन आफ्नैसुद्दिकरणका लागि हो।’

अहिलेको व्यवस्था माओवादीले ल्याएको उल्लेख गर्दै पूर्व मन्त्रीसमेत रहेका नेता पुनले भने, ‘अहिलेको व्यवस्थाबारे आएका सकारात्क आलोचना सुन्नु पर्दछ, कमजोरी छन् भने सच्याउन तयार हुनु पर्दछ, नेता पुनले भने, ‘हाम्रो पार्टीले श्रमलाई सम्मान गर्ने संस्कृति बसाउनेछ । विचारविना सस्तो लोकप्रीयताको कुरा गरेर देशको हीतमा राजनीति हुँदैन।’

अभियान उद्घाटन गर्दै नेता पुन स्वास्थ्य शिविर र गोंगवु बसपार्क क्षेत्रमा गरिएको सररफाईमासमेत सहभागि भए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर