• २०८१ श्रावण १२ शनिबार
  • Saturday, 27 July, 2024

लुम्बिनी प्राविधिक विश्वविद्यालयको भर्ना अभियान प्रभावकारी बन्दै

बाँके: लुम्बिनी प्राविधिक विश्वविद्यालय नेपालगन्जले शैक्षिक सत्र २०८०र०८१ क लागी प्राविधिक धारतर्फ स्नातक तहमा कक्षा १२ उतिर्ण गरेका विद्यार्थीहरुको लागी लाखौं खर्च गरेर 
दोश्रो मुलुक भारत लगाएत विभिन्न देशहरुमा उच्च शिक्षा हाशिल गर्न जाने विद्यार्थीहरुका लागी लुम्बिनी प्रदेशको सरकारले संचालन ल्याएको विश्वविद्यालयले अबको नयाँ युगको आवश्यकतालाई पहिचान गर्दै ल्याएको बि टेक ईन आई टि र बि टेक इन सिएस आई टि मा नयाँ भर्नाका खोलेको छ।

प्रविधिको बिकाश सँगै नयाँ अवसरहरुको लागी प्राविधिक शिक्षा आजको आवश्यकता बनेको छ। नेपाल धेरै कुराको सम्भावना बोकेको देश भनिन्छ।त्यो सम्भावना कहाँ छ कसरी पहिचान गर्ने बारे अबको नयाँ प्रबिधि सँगसँगै रोजगारीको ग्यारेन्टी वैदेशिक मोह लाई स्वदेशमै रोजगारी सिर्जना गरेर स्वदेशमा ब्यहारिक र प्राविधिक तर्फ उच्च शिक्षा दिने उदेश्यका साथ स्थापना भएको १ बर्षमा कार्यालय स्थापना देखि निति निर्माण गर्नेदेखि बिधान नियमावली त्यसैगरी विश्वविद्यालयले आफ्नै पाठ्यक्रम निर्माण देखि पुस्तकालय कक्षाकोठा ब्यवस्थापन सबै ब्यवस्थापनका कार्य पुरा गरेको छ।

सोमबार लुम्बिनी प्राविधिक विश्वविद्यालयका रजिस्ट्रार रेग बहादुर भण्डारी र भि सि प्रा।डा।बिनोद प्रसाद ढकाल सहितको विश्वविद्यालयको टिम  बाँकेको बैजनाथ गाउँपालिका बर्दियाका ठाकुर बाबा नगरपालिका र बार बर्दिया नगरपालिकामा पुगेर स्थानीय सरकारले उच्च शिक्षा प्राविधिक अध्ययन गर्ने जेहेन्दार विद्यार्थीहरुका लागी ६ जना पुर्ण रूपमा निशुल्क र १२ जनालाई सामान्य शुल्कका साथ छात्रवृत्ति कार्यक्रम बारे जानकारी गराउदै स्थानीय तहका प्रमुख उप प्रमुखहरुसँगको छलफलमा बाँके बर्दियालाई नै दीर्घकालीन रूपमा विश्वविद्यालय बाट हुने सहयोगका लागी स्थानीय सरकारले अनुदानमा कम्तीमा १ जना विद्यार्थी अध्ययनपछि सोहि स्थानीय तहमा सेवा गर्ने सर्तमा दलित बिपन्न र जेहेन्दार स्थानीय विद्यार्थीलाई निशुल्क पढाउने ब्यवस्थापन स्थानीय सरकारको तर्फबाट गर्न विश्वविद्यालयका रजिस्ट्रार रेग बहादुर भण्डारीले अनुरोध गर्नुभयो ।
विश्वविद्यालय अन्तर्राष्ट्रिय गुणस्तरको मापदण्ड अनुसारको  भएकोले नयाँ भर्ना गर्न जग बसाल्न भि सि ढकालले दीर्घकालीन रूपमा अनन्तकालसम्म चल्ले र यसको फाईदा पछि देखिने भएकाले १ एक सय बर्षको योजना आगामी भाबि सन्तति र आगामी पुस्ताका लागी अति उपयोगी बताउन आफुहरुले विश्वविद्यालयको शैक्षिक पाठ्क्रम त्यहि अनुरुप तयार पारेको स्पष्ट पार्दै सिधै विश्वविद्यालयसँग समन्वय सम्झौता गरेर उच्च शिक्षाका लागी विद्यार्थी छनौट 
गरेर आफ्नो स्थानीय तहसँग अनुरोध गर्नुभयो ।

त्यस क्रममा बैजनाथ गाउँपालिका उपाध्यक्ष निर्मला रोकायले उच्च शिक्षा अध्ययन गर्न प्रति विद्यार्थी बर्षमा १ लाख अनुदान सहित ८ जना विद्यार्थीलाई दिएको रकम प्रभावकारी बनाउन कार्यपालिकामा छलफल गर्ने र विद्यार्थीलाई पालिका अनुदानमा अध्यापन गराउने प्रतिबद्धता जाहेर गर्नुभयो ।
त्यसैगरी ठाकुरबाबा नगरपालिका उप प्रमुख बिना भट्टराई र बार बर्दियाका नगर प्रमुख छबिलाल थारुसँग भएको छलफल सकारात्मक भएको थप प्रचारप्रसारका लागी स्थानीय तहका सम्पुर्ण प्र अ हरु मार्फत विद्यार्थीहरुलाई प्राविधिक शिक्षा सम्बन्धि जानकारी गराएर प्रभावकारी बनाउन सहयोग गर्ने स्थानीय जनप्रतिनिधिहरुले प्रतिबद्धता गर्नुभएको रजिस्ट्रार भण्डारीले जानकारी दिनुभयो।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर