• २०८१ कार्तिक ६ मंगलबार
  • Tuesday, 22 October, 2024

नारायणकाजी श्रेष्ठ उर्फ ‘मार्क्सवादी जोगी’

काठमाडौं । जोगी पनि मार्क्सवादी? मार्क्सवादी पनि जोगी हुन्छ र ? किन भने जोगी सारा सम्भावनाहरुको ढोका बन्द भएर ठानेर जीवनबाटै विरक्तिएर गेरु वस्त्र धारण गरि आफैंलाई ‘भगवान वा परमेश्वर’को पाउमा सुम्पिएर निस्किएको हुन्छ ।

ठिक उल्टो मार्क्सवादीहरु आफैंलाई ‘भगवान’ मान्छन्, अथवा भनौं आफूले गर्ने कर्मले आफ्नो भविष्य निर्धारण हुने ठान्दै भाग्यमा हैन, कर्ममा विश्वास गर भन्छन् । तर यहाँ यस्तो संयोग वा संयोजनको चर्चा गर्न खोजिएको छ, जसले आफूलाई भौतिकवादी भन्छ । भौतिकवादी मात्रै भन्दैन भौतिकवादी दर्शनको ओकालत गर्दै प्रवचन नै दिने गर्दछ । र अर्कातिर मार्क्सवादी भौतिकवादलाई लगभग अस्वीकार गर्ने गुरुहरुलाई आदर्श मानेर गुरुको चरणकमलमा स्पन्द गर्न पाउँदा आफूलाई स्वर्गानुभूति भएको अनुभुत गर्दछ । यस्तो पात्र हुन्, सरकारको नेतृत्व गरिरहेको दल नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष, अहिलेको सरकारका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ ।

ललितानिवास जग्गा प्रकरण, नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान अघि बढाएर जनता माझ लोकप्रिय बन्दै गएको बेला उनिमाथि यस्तो टिप्पणी गर्दैगर्दा प्रतिशोध साँध्यो भनिएला तर व्यक्तिका पछि किन लागेको भन्ने प्रश्नको जवाफ पनिसँगै आउने छ ।

उनको परिचयमा नै भौतिक विज्ञानमा विश्वास गर्ने मक्सबादलाई आदर्शमानेर जनयुद्ध हाँकेर आएको पार्टीका वरिष्ठ उपाध्यक्षको पद हो । अहिले पनि उनी आफ्नो पार्टीका आन्तरिक कार्यक्रमहरुमा भौतिकवादी दर्शनको घण्टौ प्रवर्चन दिन्छन् । त्यसरी सुन्ने हजारौं कार्यकर्ताका लागि उनी भौतिक दर्शनको माक्सबाद आर्दश पात्र हुन् । तर उनको आध्यात्मबाद तर्फको बढ्दो झुकाबले भने उनले पार्टी कार्यकर्ता सामु देखाउने चरित्र ढोगी त होइन भन्ने प्रश्न खडा भएको छ ।

उनको जोगी बाबाहरु प्रतिको बढ्दो झुकाबलाइ लिएर नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य अंजना विशाङ्खेले अलि हजम भएन कमरेड माक्सबादलाई अहिले आध्यातमबादसंग कसरी जोड्नु भयो भनि प्रश्न गरेकी छन् ।

नेता श्रेष्ठको सदगुरुसँगको फोटो सेयर गर्दैं विशाङ्खे फेसबुकमा लेखेकी छन् ''यो अलि हजम नभएकै हो कि ? माक्सबादलाई अहिले आध्यातमबादसंग कसरी जोड्नु भयो ? दर्शन मै विचलन हो कि ?? के हो बुझिन।तपाईले बदल्न पर्ने कतै तपाईलाई नै पो बदले कि कसो ?

उनको यो फोटोलाई लिएरु पछिल्लो समय समाजिक संजालमा उनिमाथि प्रश्न मात्र खडा गरेको छैन ।  नेपालको कम्युनिष्ट पार्टी भित्र देखिएको बिचलनको विम्वको रुपमा प्रतिक्रिया आइरहेको छ ।  त्यसो त  नेपाल सरकारको उपप्रधानमन्त्री तथा गृहमन्त्री भएको हैसियतले उनले गर्ने काम, सार्वजनिक जीवन व्यवहार सार्वजनिक चासोका विषय हुन । त्यसैले पनि उनी माथिको टिप्पणी हजारौं मानिसहरुको सरोकार जोडिएको विषय हो र टिप्पणी गर्न लायक बन्यो ।

सद्गुरु ‘जग्गी वासुदेव भारतको आजको सत्ता संस्थापनको फासीवादी वैचारिकी र व्यवहारका बढीमा प्रवर्द्धक र कम्तीमा पनि अपोलोजिस्टु हुन् नै भने पनि उनले सिकाउने सास फेर्ने विधि, योग वा उनका नदी बचाउने वा माटो बचाउने अभियानहरूको सराहना गर्नु वा तिनमा सहभागी हुनुमा के नै खराबी छ र ? उनका कुरा सुनेर वा उनीसित कुनै सशुल्क कोर्स गरेर कसैले आफ्नो जीवनमा राम्रो परिवर्तन ल्याउन सक्छ भने त्यसमा खराबी नै के छ ??

उनको सिकाइ वा प्रेरणाका कारण तपाईंको जीवनमा सकारात्मक परिवर्तन भएको छ भने उनीप्रति तपाईं आकर्षित हुनु स्वाभाविकै हो। तर चिन्ता यो हो कि एउटा माओवादलाई दर्शन ठान्ने नेता त्यो आकर्षण सम्मोहन वा अन्धभक्तिको हदसम्म नपुगोस् भन्ने हो । सदगुरुले  भनेका कुराहरूको गुण र दोष खुट्याउने तपाईंको सचेत प्रयास उनको छलपूर्ण वाकपटुताका कारण निस्तेज नहोस् मेरो भन्नु यत्ति हो।

जहाँसम्म माटो बचाउनेजस्ता उनका महत्वाकांक्षी योजनाहरूको कुरा छ, उनले नदी बचाउने अभियानका क्रममा उठेका अनेक विवाद र त्यो अभियानको दयनीय नतिजा हेर्दा म उनको अभियानको प्रभावकारिताबारे पटक्कै आश्वस्त छैन।

अनि रूस–युक्रेन युद्धजस्ता जटिल समस्याका लागि उनले पस्केका सरल समाधानहरूको कुरा छ, ती हाम्रोजस्तो विश्वका लागि कपासको भोजनजस्ता हुन्९ पेट भरिन सक्ने तर पोषण नदिने।

केही नभनी बीसौं मिनेटसम्म मानिसहरूलाई मुग्ध र रनभुल्ल पारेर कसरी बोल्ने वा फरक विचार राख्नेहरूलाई भाषिक जालझेल सिकाइका लागि चाहिँ आदर्श गुरु नै हुन् जग्गी वासुदेव। मेरो विचारमा व्यक्तिलाई सदगुरु बनाउन भने त्यति गुणले पुग्दैन।’

सेतोपाटी अनलाइनमा सामाजिक अभियान्ता जीवन क्षेत्रीले सदगुरु बारे लेखेका हरफहरु हुन् यी । क्षेत्रीले जग्गी वासुदेवबारे के जग्गी वासुदेव सदगुरु नै हुन् रु शीर्षकमा लामो टिप्पणी लेखेका छन् ।

उनै जग्गी वासुदेवलाई गत शनिबार साँझ नारायणकाजी श्रेष्ठले अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गर्दै गरेको तस्वीर सुसन कर्मचार्यले फेसवुक मार्फत सार्वजनिक गरिन् । जग्गीलाई श्रेष्ठले नेपालमा स्वागत गरेको यो पहिलो पटक होइन । पटक–पटक गरेका छन् । अझ यतिबेला त उनी सरकारी ओहोदामा हुँदा अपनाउनु पर्ने पोर्टफोलियोको पनि कुरा हुन्थ्यो होला ।

सदगुरुले भन्नु भयो त्यसैले मैले भेटेको भनेर जवाफ दिएका गृहमन्त्री श्रेष्ठ सदगुरु जन्मदिन मनाउन मुस्ताङको कागबेनी पुग्दा उनिपनि जिल्लाको शुरक्षा प्रशासनको अबलोकन निरीक्षण भन्दै कागबेनी पुग्नु संयोग मात्र कि बाबाप्रति आशक्ति कमरेड । त्यती मात्र कहाँ हो र बाबा प्रति श्रेष्ठ मोह कति छ भन्ने विषय बागेश्वर बाबालाइ भेटेको कुराले पनि अझ बढाउछ । केही दिन अघि उनै मार्क्सवादी श्रेष्ठले भारतका धिरेन्द्रकृष्ण शास्त्री उर्फ बागेश्वर धाम सरकारलाई उनी बसेको होटलमै पुगेर भेट गरेका थिए । वागेश्वर तीनै पत्र हुन् जसले नेपालको राष्ट्रियतामाथि आँच आउनेगरी ‘नेपाल भारतको एक अभिन्न अंग हो’ भन्दै विवादस्पद अभिव्यक्ति दिएका थिए । उनको अतिवादी विचारप्रति स्वयम भारत नै बेखुस छ ।

अर्बपति विनोद चौधरीको निमन्त्रणामा नेपाल आएका प्रवचनकर्ता वागेश्वर सरकारले कार्यक्रममा तिर्थालु भक्तालु र दर्शनार्थीको वहानामा अधिकांश भारतीय नागरिकहरू भित्राएर नेपाली भूमीमै बसेर नेपालीलाई पागल र नेपाललाई भारतको अंगको संज्ञा दिएर ताली पिटाएका थिए । उनको यो अभिव्यक्तिको विरोध भएपछि गृहमन्त्री श्रेष्ठले सदगुरुले भेट्नु भनेकाले भेटेको तर्क दिएका थिए । यो दोस्रो प्रशंग हो ।

तेस्रो प्रसँग छ नारायणकाजी श्रेष्ठको ओशो तपोवनमा ध्यान । ध्यान र गुरुहरुबारे मार्क्सवादी दृष्टिकोण र बुझाइबारे बहस गर्न सकिएला । तर मूल मन्त्र वा मार्गदर्शक विचार के लाई मान्ने भन्ने स्वभाविक प्रश्न उनी आफैले जन्माएका छन् ।  

भारतीय राजनीतिमा यस्ता धर्मगुरु वा सदगुरुहरुको साहायतामा राजनीतिक लाभ लिने प्रचलन प्रसस्त छ । विशेषगरि भाजपाले यस्तो आवरणमा राजनीतिक दाउपेच खेल्ने गरेको छ । के श्रेष्ठ माओवादको परिमार्जन रुप ढोगीबाद भन्ने सन्देश दिन खोजेका हुन । माओवादी केन्द्रको उपाध्यक्ष पदमा बसेर माक्सबादको प्रवचन दिएर भित्र भित्रै बाबा र जोगीहरु प्रतिको यो आशक्ति कहिले सम्म कमरेड ? तपाइबाट नेता कार्यकर्ताले के सिक्ने रु मक्सबाद की ढोगीबाद ?

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर