चलचित्र चल्न दिएनन्,अन्तिम फैसला त भगवानले गर्नु होला !

काठमाडौं :  निर्देशक तथा अभिनेत्री झरना थापाले चलचित्र ‘एक भगवत गीता’ चल्ने नदिने अवस्था सृजना गरेको बताउँदै यसको अन्तिममा फैसला भगवानले गर्ने विचार सार्वजनिक गरेकी छन् ।

सामाजिक सञ्जाल, फेसबुकमार्फत शनिबार राती उनले आफूले  सारा सम्पत्ति र सपनाको लगानी भएको चलचित्र एक भगवत गीता चल्नै नदिने अवस्था आउँदा आफूलाई मर्नु न बाँच्नुको पीडा भैरहेको बताएकी छन् ।

उननले आफुले समाजको केहि यथार्थलाई टिपेर एउटा चलचित्र हामीले बनाएको र चलचित्रको कथावस्तु धार्मिक आस्था,सहिष्णुतामा, श्रीमद्भागवतगीता को अवहेलना नगरेको प्रष्ट पारेकी छन् ।

''आफ्ना सारा स्रोत सम्पति,सपना र ऐले सम्मको चलचित्रकर्मको लगानी गरेर बनाइएको चलचित्र यसरि चल्नै नदिने   अवस्था आउदा मर्नु न बाँच्नुको पीडा भैरहेको छ। थाहा छैन हाम्रो चलचित्र हजुरहरुको आँखा सम्म आउन् पाउछ कि पाउदैन । थाह छैन , प्रिय दर्शक हरुको मायाको तेलले बलिरहेको यो झरना थापा नामको दियो अब बल्न पाउछ कि पाउदैन सत्य बोलिरहदा पनि,सहि छु भनेर दसी प्रमाण दिईरहदा पनि कसैले न सुनिदिए पछी अन्तिममा फैसला त भगवान ले गर्नु होला नि हैन ? मैले मेरो फैसला मेरो भगवानको हातमा छोडीदिएको छु । उनले लेखेकी छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर