• २०८० असोज ६ शनिबार
  • Saturday, 23 September, 2023

जम्मु-कश्मिरकाे भीडन्तमा भारतीय सेनाका कर्नेलकाे मृत्यु 

काठमाडाैं । भारतको जम्मु-कश्मिरमा बुधबार भएको एक भीडन्तमा परी भारतीय सेनाका कर्नेल, मेजर र जम्मु-कश्मिर प्रहरीका डिएसपीको मृत्यु भएको छ।

टाइम्स अफ इन्डियाका अनुसार बुधबार बिहानै सर्च अपरेसनका क्रममा अनन्तनाग जिल्लामा उग्रवादी र सुरक्षाकर्मीबीच भीडन्त भएको थियो।

भीडन्तका क्रममा कर्नेल मनप्रित सिंह, मेजर आशिष धोचक र डिएसपी हुमायू भट्टलाई गोली लागेको थियो। उपचारको क्रममा अस्पतालमा उनीहरूको मृत्यु भएको हो।

बुधबारको घटनाको जिम्मेवारी प्रतिबन्धित समूह रेजिस्टेन्स फ्रन्टले लिएको छ।

जम्मु-कश्मिर प्रहरीले बिहीबार उग्रवादी समूह लश्कर-ए-तैयबाका दुई जनालाई घेरा हालिएको जनाएको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर