• २०८१ श्रावण १२ शनिबार
  • Saturday, 27 July, 2024

मेसी नहुने वित्तिकै मारमा पर्यो मायामी

काठमाडौं । अमेरिकन लिग सकर अन्तर्गतको इन्टर मायामीमा मेसी गएपछिका कुनैपनि खेलमा मायामीले हार खानु परेको थिएन । तर आज विहान भएको एटलान्टा विरुद्धको खेलमा मायामीले नराम्रो पराजय भोग्नु पर्यो । जुन खेलमा मेसी सहभागि थिएनन् । 

खेलमा एटलान्टा युनाइटेडले इन्टर मियामीलाई ५–२ गोल अन्तरको हार चखायो । खेलमा अग्रता मायमीले नै लिएको भएपनि अन्तिमसम्म जोगाउन सकेन । 

एटलान्टाको जितमा ट्रीस्टान मुयुम्बा, ब्रूक्स लेनन, जिओर्गोस र टेलर वोल्फ़ले एक एक गोल गरेका थिए । त्यस्तै एक गोल इन्टर मियामीका कमल मिलरले आत्मघाती गरे ।

त्यसैगरी इन्टर मियामीका लागि दुवै गोल भने लिओनार्दो क्याम्पानाले गरेका थिए । उनको एक गोल पेनाल्टी मार्फत थियो ।

यस खेलका लागि खेल शुरु हुनु अघि सम्म ७० हजारभन्दा बढी टिकट बिक्रि भएकोमा मेसी नखेल्ने खबर बाहिरिएपछि धेरै जसो टिक सस्तोमा पुनः बिक्री भएको र कैयौं फ्यानहरु मैदानमा नै नगएको बताइएको छ ।

यस सिजनको एमएलएसमा इन्टर मियामीको यो १५औं हार हो ।  

यो खेलपछि इन्टर मियामीको २७ खेलमा २८ अंक रहेको छ भने एटलान्टा २९ खेलमा ४५ अंकसहित छैटौं स्थानमा छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर