• २०८१ श्रावण १२ शनिबार
  • Saturday, 27 July, 2024

एसिया कप फाइनल : टस जितेर भारत विरुद्द ब्याटिङ गर्दै  श्रीलंका

काठमाडौं । एसीसी एसिया कप क्रिकेटको फाइनल साविक विजेता श्रीलंका र भारतबीच प्रतिस्पर्धा हुँदैछ । श्रीलंकाको आर प्रेमदासा स्टेडियममा घरेलु टोली श्रीलंकाले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ ।

आयोजक श्रीलंका लगातार दोस्रो उपाधि जित्ने लक्ष्यमा छ । अघिल्ले संस्करणको फाइनलमा श्रीलंकाले पाकिस्तानलाई हराएको थियो । अहिले पनि श्रीलंका घरेलु मैदानमा उपाधि जित्दै उपाधि संख्या सातौं बनाउन चाहन्छ । यता भारतपनि श्रीलंकालाई कडा टक्कर दिने अभियानमा छ । सर्वाधिक आठ पटक विश्वकप उपाधि जितेको भारत नवौं उपाधि चुम्ने दाउमा छ । 

भारत र श्रीलंकाबीत १३ वर्षपछि उपाधि भिडन्त हुन लागेको हो । भारतले यसअघि सन् २०१८ मा उपाधि जितेको थियो । सुपर चारमा भने भारतले पाकिस्तान र श्रीलंकालाई हराएको् थियो ।

श्रीलंकाले बंगलादेश र पाकिस्तानलाई पन्छाउँदै फाइनल यात्रा तय गरेको थियो । यदि वर्षाका कारण आज (आइतबार) को खेल रद्द भएमा सोमबार ‘रिजर्भ डे’ मा पुन: खेलाइने छ । एजेन्सी 

भारत–११

रोहित शर्मा (कप्तान), शुभमन गिल, विराट कोहली, हार्दिक पाण्डेय, लोकेश राहुल, ईशान किशन, रविन्द्र जडेजा, कुलदीप यादव, वासिन्टन सुन्दर, जस्प्रित बुमराह र मोहम्मद शिराज ।

श्रीलंका–११ 

दासुन शानका (कप्तान), पाथुम निसांका, कुशल परेरा, कुशल मेन्डिस (विकेटकिपर), सदिरा समाराविक्रमा, चरिथ असलंका, धनन्जय डि सिल्भा, दुनिथ वेलालागे, दुशान हेमान्था, प्रमोद मदुशान र मथिशा पाथिराना ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर