पशुपति क्षेत्रमा बिहानैदेखि हिन्दु महिलाहरुको भीड (फोटोफिचर)
काठमाडौं । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज देवादेवता महादेवको पूजा आराधना गरी मनाइँदै छ । हरितालिका (तीज)मा पशुपतिमा महिलाहरूको भीड लागेको छ ।
भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ । बिहानैदेखि हिन्दु महिलाहरू पूजापाठ गर्न पशुपतिलगायतका मठमन्दिरहरूमा भीड लागेका छन् ।
सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले श्री महादेव स्वामी पाएकीले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने धार्मिक विश्वास छ ।
तस्वीरहरूः
प्रतिकृया दिनुहोस