• २०८० असोज ६ शनिबार
  • Saturday, 23 September, 2023

शेखरको मुभमेन्ट सत्ताको नेतृत्व लिन कि देउवालाई रोक्न ?

काठमाडौं । केही समय शान्त जस्तो देखिएको सदनको सवैभन्दा ठुलो दल नेपाली कांग्रेस भित्र फेरी आन्तरिक राजनीतिको किचलो सुरु भएको  छ । केन्द्रीय समिति बैठक नजिकिदै गर्दा गुट उपगुटका बैठकहरु बाक्लिन थालेका छन् । कांग्रेसलले सत्ताको नेतृत्व लिनुपर्ने भन्दै शेखर कोइराल - गगन थापा समुह पुन: पार्टी सभापति शेरबहादुर देउवा माथि धावा बोल्ने तयारीमा जुटेको छ ।

कुनै समय पार्टी सभापति देउवा कै कित्तामा पुगेका भनिएका शेखर कोइराला पछिल्लो समय सरकारको नेतृत्व कांग्रेसले गर्नुपर्ने एजेण्डा बोकेर एका एक सक्रिय बन्दै गएका छन् । विहिबार बाट सुरु हुने केन्द्रीय समिति बैठकमा सरकार परिवर्तनको मुद्धा लैजाने तयारीमा उनि जुटेका छन । त्यसको तयारी सरुप आज उनले आफ्नो समुहको छुटै भेला बोलाएका छन् । यता पार्टी भित्र संसदीय दलको नेता परिवर्तनको एजेण्डा नछोडने बताएका महामन्त्री थापा पनि आफ्नो मागमा अडिक नै देखिएका छन् । शेखरको पछिल्लो मुभमेन्टमा महामन्त्री विश्व प्रकास शर्मा र युवा नेता प्रदिप भटराई मौन रहँदा थापा भने थप सक्रिय बनेेका छन् ।  

अघिल्लो केन्द्रीय समिति बैठकमा गगन र देउवा कतैको पक्ष नलिइ बीचमा बसेका शेखर त्यसको दुई महिना नवित्तदै पुरानै ठाँउमा फर्किएपछि उनका क्रियाकलापले कांग्रेस मात्र होइन बर्तमान राजनीति सत्ता लाई नै तरंगित बनाइदिएको छ । सत्ता नेतृत्व नलिएसम्म  मन्त्री जति वटा बने कांग्रेस सरकारमा भएको अनुभुति दिन नसक्ने र प्रजातन्त्र बचाउन नसकिने बताउदै आएका शेखर  यतिवेला किन कांग्रेसले अब सरकारको नेतृत्व लिन ढिला गर्न नहुने अडान अघि सार्दै छन्  त ? उनको यो एजेण्डा देउवालाई आलोपालो प्रधानमन्त्रीबाट रोक्नेमात्र, सत्ता समिकरणमै हेरफेर गराउने हो वा आफैले सत्ताको नेतृत्व लिने चाहाना हो भन्ने विभिन्न पक्षबाट विश्लेषण सुरु भएको छ ।

शेखरको चाहाना सत्ता नेतृत्वको की पार्टी कब्जा ?

संस्थापन इतरपक्षका नेता शेखर कोइरालाले आज आफ्नो समूहका पदाधिकारी र केन्द्रीय सदस्यको बैठक बोलाएका छन् दिउँसो बजेदेखि बस्ने भनिएको बैठकमा महामन्त्री विश्वप्रकाश शर्मा केन्द्रीय सदस्य प्रदीप पौडेललाई समेत निम्तो दिइएको छ । उक्त बैठकमा विश्वप्रकाश शर्मा ट्टवीट मार्फ आफु नजाने संकेत गरेका छन् । महामन्त्री शर्माले फरक विचार र समूह हुनु स्वभाविक भए पनि अहिलेको समय महासमितिबाट नीतिगति र मतिउपर साझा दृष्टि निर्माण गर्ने समय भएको बताएका छन् ।

उनले ट्विट गरेका छन्, ‘दलहरूमा फरक विचार र विचार समूह हुनु स्वभाविक हो। कांग्रेसमा पनि छ र छन्। यो अभ्यासलाई हार्दिक ढंगले लिइनुपर्छ। तर अहिलेको समय महासमितिबाट नीति, गति र मतिउपर साझा दृस्टी निर्माणको समय हो। यो कर्ममा महामन्त्रीले संयोजन र सम्पादन गर्नुपर्ने जरुरी विषयहरुप्रती सजग छु र रहनेछु।’ अर्का नेता प्रदीप पौडेल भने चीन भ्रमणमा निस्किएका छन् ।

बिहीबारदेखि सुरु हुने केन्द्रीय कार्यसमिति बैठकको पूर्वसन्ध्यामा बस्न लागेको शेखर गगन समूहको बैठकले मुख्य एजेण्डा सरकार परिवर्तन हो कि बालियो पार्टी निर्माँण भन्ने विषयमा नेताहरु अलमल देखिएका छन् । तर कोइरालका पछिल्ला अभिव्याक्तिले भने वलियो पार्टी निर्माण भन्दा पनि सरकारको नेतृत्वको लागि अब कांग्रेसले पर्खन नसक्ने संकेत गरेको बुझिएको छ ।

नेता कोइरालाले अब बस्ने केन्द्रीय कमिटी बैठकबाट सरकारको नेतृत्व कांग्रेसले लिनुपर्ने निर्णयका लागि दवाव सृजना गर्ने रणनीति लिएको उनि निकट नेताहरुले बताएका छन् । ‘’देशको अर्थतन्त्र धरापमा परिसक्यो। देशमा प्रतिशोधको राजनीतिक सस्कार मौलाएको छ । सवै कुराको अवजस कांग्रेसले बोक्न सक्दैन । अब कांग्रेसले नै सरकारको नेतृत्व लिनुपर्छ भन्ने विषय अबको केन्द्रीय कमिटीमा गंभिर छलफल चल्ने छ । त्यसैको तयारी हो यसले पार्टीलाई थप बलियो बनाउने छ,’’ कोइराला निकट एक नेताले भने ।

सरकार नेतृत्व कांग्रेसले लिनुपर्ने विषयमा कांग्रेसका अधिकांश नेताहरु आफ्नो कित्तामा आउने शेखर पक्षको बुझाइ छ । त्यसलाई उनले अब कस्ने केन्द्रीय समितिको बैठकमा एजेण्डा बनाउन चाहको प्रष्ट हुन्छ । त्यसलाई देउवा पक्षले पनि राम्रोसँग बुझेको छ । तर पनि गठबन्धनमा भएको सहमतिबाट पछि हटन नहुनेमा भने देउवा पक्ष स्पष्ट देखिन्छ ।

पार्टीका पूर्व उपसभापति प्रकाशमान सिंहले पनि पार्टी भित्र सरकारको नेतृत्व अब आफ्नो दलले नै लिनुपर्ने बहस सुरु भएको स्वीकार छन् । पार्टीभित्र अहिले कांग्रेस नेतृत्वमा सरकार बनाउनुपर्ने धारणा बलियो भए पनि केन्द्रीय समितिले गरेका निर्णय आधिकारिक हुने  र गठबन्धको सहमतिबाट दाया बाया गर्न नहुने सिंहको भनाई छ ।

राजधानीमा आयोजना भएको एक कार्यक्रममा सिंहले भनेका छन् यो डेमोक्रेसीको विशेषता नै के हो भने खुला रूपमा हुन्छ सबै कुरा । यो सरकार गठन भएर फेरि विघटन भएर फेरि गठन हुँदा जुन दलहरूबीचको समझदारी हो, त्यसलाई सबै दलले कार्यान्वयन गरेर जाँदा नै यो देशको राजनीतिक अस्थिरतालाई स्थिरतामा परिणत गर्न र समाजमा रहेका कमी–कमजोरी र असन्तुष्टिलाई समेट्न सक्छौँ,” उनले भने, “गठबन्धन हुँदा जे समझादारी भएको हो, त्यो कार्यान्वयन गर्नुपर्छ । लाखौँ नेता र कार्यकर्ता भएको पार्टीमा कसले कुन सन्दर्भमा के बोल्छ भन्ने कुरा पार्टीको आधिकारिक धारणा हुँदैन । केन्द्रीय समिति बसेर गरेको निर्णय नै आधिकारिक हुन्छ ।

यहि गठबन्धन कायम राख्दै तत्काल सरकारको नेतृत्व परिवर्तन संभव नभएको उनको भनाई छ ।  त्यो अवस्था आए राजनीति अस्थिरता अर्को संस्करण मात्र सृजना हुने बताउछन् ।

 

 

 

 

 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर