अब दैनिक २० केजी आयात हुने सर्कुलर जारी गर्दै राष्ट्र बैंक: दैनिक आयात गरिने सुनको कोटा दोब्बरले बढ्यो

काठमाडौं । अब सुन आयातको कोटा बढ्ने भएको छ । नेपाल राष्ट्र बैंकले दैनिक आयात गरिने सुनको कोटा वृद्धि गर्न लागेको हो ।केन्द्रीय बैंकले अब वाणिज्य बैंकहरुलाई दैनिक २० केजीसम्म सुन आयात गर्न अनुमति दिनेछ । हाल आयात गर्दै आएको कोटालाई थप १० केजी आयात गर्न दिने व्यवस्था गर्न लागिएको हो ।
राष्ट्र बैंक स्रोतले भन्यो,–‘सुन आयातको कोटा बढाउने सहमति भएको छ । अब सुन आयात दैनिक १५–२० केजीसम्म पुर्याउने भन्ने छ । यद्यपि, त्यस विषयमा आगामी आइतबार एक सर्कुलर जारी हुनेछ ।’हाल दैनिक १० केजी मात्रै सुन आयात हुने गरेको छ । राष्ट्र बैंकले सुन आयात गर्ने जिम्मा वाणिज्य बैंकहरूलाई दिएको छ । अब दैनिक थप १० किलो सुन आयातका लागि राष्ट्र बैंकले सर्कुलर जारी गर्नेछ । त्यसपछि वाणिज्य बैंकहरूले दैनिक २० किलो सुन आयात गर्न पाउने छन् ।
सुन आयातको कोटा बढाएको नेपाल सुनचाँदी व्यवसायी महासँघका अध्यक्ष मनिकरत्न शाक्यले बताए । दैनिक सुन आयात अब दैनिक २० केजी गर्न सकिने सहमति भएको उनको भनाई छ । सुन आयातमा कोटा वृद्धि सकरात्मक रहेको उनले बताए । उनले भने,– केही हप्ता अघि महसंघ र राष्ट्र बैंकको छलफल भएको थियो । छलफलमा सुनको आयात कोटा बढाउने सहमति भएको थियो । अब दैनिक २० केजी आयात गर्न पाउनेछन् । यसका लागि केन्द्रीय बैंकले सर्कुलर जारी गर्नेछ ।’
व्यवसायीहरुले लामो समयदेखि सुन आयातको कोटा बढाउन माग गर्दै आएको थियो । सरकारले कोटा घटाएपछि आयात प्रभावित भएको थियो । विदेशी मुद्रा सञ्चिती घट्दै गएपछि राष्ट्र बैंकले दैनिक १० केजी मात्रै सुन आयात गर्न दिएको छ । तर, अब भने दैनिक २० केजी सुन आयात गर्न पाईने भएको छ।
हाल नेपालपमा युनाईटड इमिरेट्स ९यूएई० अर्थात् दुबई, टर्की, हङकङ, स्विट्जरल्यान्ड, सिंगापुर लगायतका मुलुकबाट सुन आयात हुने गरेको छ । ती मुलुकहरूबाट वाणिज्य बैंकले दैनिक जम्मा १० किलो सुन आयात गरी नेपालमा बिक्री गर्दै आएका थिए । तर, अब भने दैनिक २० केजी आयत हुने भएको हो ।
प्रतिकृया दिनुहोस