• २०८२ बैशाख २९ सोमबार
  • Monday, 12 May, 2025

पारस खड्का क्यानको सचिवमा विजयी

काठमाडौं । नेपाली क्रिकेट टोलीका पूर्व कप्तान तथा खेलाडी पारस खड्का नेपाल क्रिकेट संघ(क्यान) को सचिव पदमा विजयी भएका छन् ।

शनिबार भएको क्यानको केन्द्रीय चुनावमा पारसले सचिव पदका अर्का प्रत्यासित प्रशान्त विक्रम मल्ललाई पराजित गरेका हुन् । मत गणना जारी रहेपनि पारसले ४३ मत पाईसकेकाले पुरै मत मल्ललाई गएपनि जित्ने सम्भावना छैन । 

चुनावमा कुल ८४ मत खसेको थियो । जसमा जित्न ४३ मत आवश्यक पर्दछ । पारसले ४३ र प्रशान्त मल्लले ३२ मत लिएका छन् । ८५ मध्य ७५ मत गणना गर्दा पारसले ४३ लिएसँगै जित पक्का भएको हो ।

काठमाडौं प्रदेशको सदस्य र बागमती प्रदेशको अध्यक्ष हुँदै केन्द्रिय चुनावमा लडेका थिए । प्रमुख पदमा सचिव बाहेक अन्य सबैमा सर्वसम्मत निर्वाचित भएको थियो । अध्यक्षमा चतुरबहादुर चन्द, उपाध्यक्षमा रोशन सिंह र कोषाध्यक्षमा पदम खड्का सर्वसम्मत निर्वाचित भएका थिए । तर सचिव पदमा सर्वसम्मत हुन नसकेपछि निर्वाचन गर्नु परेको थियो ।

सात प्रदेशबाट एक एक जना सदस्यमा निर्वाचित हुने गर्दछन् । जसमा लुम्बिनीबाट प्रदीप मजगैयाँ र कर्णालीबाट श्रीधर केसी सर्वसम्मत प्रदेश कोटामा सदस्यमा निर्वाचित भएका थिए । अव पाँच प्रदेश र पाँच खुल्ला सदस्यको मतगणना अन्तिम रुपमा टुङ्गो लाग्न बाँकी छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर