आयरल्याण्डका लागि नेपालबाटै भिसा दिन आग्रह गरे: सभामुख

काठमाडौं । सभामुख देवराज घिमिरे आयरल्याण्डको भ्रमण गरेर आद स्वदेश फर्किएका छन् ।
आयरल्याण्डमा रहँदा सभामुखले आयरल्याण्डका राष्ट्रपति, माथिल्लो सदनका अध्यक्ष, तल्लो सदनका सभामुख, शिक्षा मामिला हेर्ने राज्यमन्त्री लगायतसँग भेटवार्ता गरेका थिए ।
भेटका क्रममा आफूले नेपाली विद्यार्थीका लागि सहज भिसा तथा छात्रवृत्तिको व्यवस्था, क्यान्सर लगायतका रोगको उपचार तथा नेपालका हिमाल आरोहण लगायतका विषयमा छलफल गरेको बताएका छन् ।
नेपाली दक्ष तथा अदक्ष जनशक्तिका लागि रोजगारीको अवसर सिर्जना, बेलायतको भिसा भएका नेपालीहरुलाई आयरल्याण्ड भ्रमणमा सहजीकरण गर्ने, आगामी दिनमा नेपालबाटै आयरल्याण्डका लागि भिसाको प्रवन्ध गर्ने, नेपालमा आइरिस लगानी भित्र्याउनेबारेमा र जलवायु परिवर्तन लगायत विषयमा विश्व मञ्चमा साझा सहकार्य गर्नेबारेमा पनि छलफल गरेको घिमिरेलले जानकारी दिए ।
सभामुखको भ्रमण टोलीमा प्रतिनिधि सभाका सचिव पद्मप्रसाद पाण्डेय र सभामुखका स्वकीय सचिव तेजप्रकाश भट्टराई सहभागी थिए । उनीहरु भदौ ३१ गते आयरल्याण्ड प्रस्थान गरेका थिए ।
प्रतिकृया दिनुहोस