सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ स्थगित

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध नावलिका बलत्कार अभियोग सम्वन्धीको मुद्दा माथिको सुनुवाइ आजपनि स्थगित भएको छ ।
जिल्ला अदालत काठमाडौंमा लामिछाने विरुद्ध चलिरहेको नावालिका बलात्कार मुद्दा आज पनि स्थगितमा राखिएको छ ।
आज सुनुवाइको पेसी तारिख तोकिएपछि न्यायाधीश अभावका कारण सुनुवाइ हुन नसकेको हो ।
न्यायपरिषद्ले हालै केही न्यायाधीश सरुवा गरेको छ भने केही उच्च अदालतमा बढुवा भएका छन् । जसको प्रभाव जिल्ला अदालतमा देखिएको हो । त्यसो त यस अघि सोमवार पनि तय भएको सुनुवाइ स्थागित भइ आजका लागि सरेको थियो ।
प्रतिकृया दिनुहोस