मसँग फोटो खिच्नेले गोदान गर्यो भने मलाई पुण्य मिल्छ ? ओलीको प्रश्न

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले टोपबहादुर रायमाझीलाई माओवादी छाडेकोमा प्रतिशोध साँधेको आरोप लगाएका छन् ।
प्राइम टाइम टेलिभिजनमा ऋषि धमलालाई दिएको अन्तर्वार्तामा अध्यक्ष ओलीले माओवादी पार्टी छाडेर एमालेमा लागेको प्रतिशोध रायमाझीमाथि प्रचण्ड र नारायणकाजी श्रेष्ठले लिएको टिपणी गरेका हुन ।
उनले यसबारे अदालतको फैसला आओस् भनेर आफूले केही नबोलेको प्रतिक्रिया दिएका छन् ।
ओलीले अदालतमा मुद्दा दर्ता भएकाले पार्टीले सचिवबाट निलम्बन गरेर सफाइको लागि मौका दिएको भन्दै सरकार आफ्ना मान्छेलाई जतिसुकै अपराध र तस्करी गरे पनि जोगाउने र सरकारको विरोध गर्नेलाई फसाउने काममा खुलेआम लागेको आरोप लगाए ।
''टोपबहादुर रायमाझीको दोष के हो ? हेलिकोप्टरमा फोटो खिच्दैमा दोषी हुन्छ ? त्यसो हो भने त मसँग दिनमा एक सयदेखि दुई सय जनाले फोटो खिच्छन् । कार्यक्रममा फोटो खिच्छन् । फोटो खिच्ने मान्छेले गोदान गर्यो भने त्यसको पुण्य मैले पाउने हो ? उसले बदमासी गरे म दोषी हुन्छु ? यो त टोपबहादुर रायमाझीले हिजो पार्टी छाडेकाले प्रतिशोध लिन गरिएको हो । सुन प्रकरणमा २५४ पटक फोन गर्नेलाई बयान समेत नलिने फोटो खिचेको आधारमा थुन्ने ? ओलीले भने ।
प्रतिकृया दिनुहोस