पेनाल्टीमा अनलक्की देखियो नेपाल, मैदानमै रोए युवा खेलाडी

काठमाडौं । १९ वर्ष मुनिको साफ च्याम्पियन्सिप फुटबल प्रतियोगिताको सेमिफाइनलमा नेपाल चिरप्रतिद्वन्द्वी भारतसँग पराजित भएको छ। निर्धारित ९० मिनेट कमब्याक गर्दै एक एक गोलको बराबरी खेलेको नेपाल पेनाल्टी सुट आउनमा अनलक्की देखियो ।
खेल टाइब्रेकरमा पुग्दा नेपाल ३–२ गोल अन्तरले पराजित हुन पुगेको हो।
यससँगै साफ यू–१९ च्याम्पियनसिपको उपाधिका लागि पाकिस्तान र भारत भिड्ने पक्का भएको छ।
त्रिपुरेश्वरस्थित दररथ रंगशालामा बुधबार भएको दोस्रो सेमिफाइनलमा घरेलु टोलीलाई टाइब्रेकरमा पराजित गर्दै भारत फाइनलमा पुगेको हो।
नेपालका आश्विन घोरासैनी, कुशल देउवाले गोल गरे। विक्रम तामाङको प्रहार आकाशियो।लक्षु थापाको प्रहार क्रसबारमा लाग्दै बाहिरियो। प्रशान्त लक्सनको प्रहार भारतिय गोलरक्षक लियोनल डेरेलले बचाए।
भारतका अर्जुन सिंह, गोगोम्सर गोयरी, मांगिलेतम किपगेमले गोल गरे।
रिक्की मितेयीको प्रहार बारमा लाग्दै बाहिरियो। दिनेश सिंहको प्रहार नेपालका गोलरक्षक जियारथ सिंहले बचाए।
भारतसँग नमिठो पराजयसँगै नेपाली खेलाडीहरु मैदानमै शोकमग्न हुन पुगे। सयौँ घरेलु दर्शकमाझ उनीहरु रुँदै भावविह्लल अवस्थामा देखिए।
प्रतिकृया दिनुहोस