हाङझाओमा निराश नेपाली खेलाडी माझ आशा देखाएको क्रिकेट

काठमाडौं । चीनको हाङझाओमा जारी १९ औं एसियाली खेलकुदमा नेपालको प्रदर्शनले निराश बनाइरहेको छ । पदक त परै जाओस, प्रतिस्पर्धामा बलियो चुनौती दिन पनि खेलाडी असफल भएका छन् । यस्तोमा क्रिकेटले भने अविश्वसनीय प्रदर्शन गरेको छ ।
एसियाडको उद्घाटन खेलमा नेपालले मंगोलिया विरुद्ध चार मुख्य विश्व किर्तिमान बनाएको हो । नेपालसंगको खेल मार्फत मंगोलियाले अन्तराष्ट्रिय क्रिकेटमा डेब्यु गरेको हो । विपक्षी जो भएपनि विश्व कीर्तिमान बनाउन सहज हुदैन् । कुशल मल्लले टि ट्वान्टी आइमा सर्वाधिक छिटो शतक बनाउने विश्व कीर्तिमान आफ्नो नाममा लेखाए । दिपेन्द्र सिंह ऐरीले भारतीय युवराज सिंहले १६ वर्ष अघि बनाएको विश्व कीर्तिमान तोडे । उनले जम्मा ९ बलमा हाफ सेन्चचुरी पूरा गरेर कीर्तिमान बनाएका हुन् । बुधबार विश्व क्रिकेटकै लागि दुर्लभ रह्यो ।
झिजियाङ युनिर्भसिटी अफ टेक्नोलोजी क्रिकेट फिल्डमा मंगोलियाले टस जितेर फिल्डिङ रोज्नु नेपालका लागि इतिहास रच्ने अवसर बन्यो । २० ओभरमा नेपालले ३ विकेटको क्षतीमा ३ सय १४ रनको विशाल योगफल बनाएको थियो । ओपनर कुशल भुर्तेल १९ र आशिफ शेख १६ रनमा आउट भएका थिए । तेस्रो विकेटका लागि कप्तान रोहित पौडेल र कुशल मल्लले १ सय ९३ रनको साझेदारी गरे । तेस्रो विकेटका लागि टि ट्वान्टी आइमा भएको यो अहिले सम्मको उच्च साझेदारी हो ।
रोहितले २७ वलमा ६१ रन बनाए । रोहित र कुशलले तेस्रो विकेटका लागि १ सय ९३ रनको साझेदारी गरेका थिए । टि ट्वान्टी आइमा तेस्रो विकेटका लगि भएको यो उच्च साझेदारी हो । कुशलले १ सय ३७ र दिपेन्द्रले ५२ रनको योगदान गरे । मंगोलियाले २९ रन अतिरिक्त दिएको थियो ।
टि ट्वान्टी आइमा सर्वाधिक रन
टि ट्वान्टी आइमा तीन सय माथिको स्कोर गर्ने नेपाल पहिलो देश बनेको छ । यसअघि यो किर्तिमान अफगानिस्तान र चेक रिपब्लिकको नाममा रहेको थियो । सन २०१९ मा अफगानिस्तानले आयरलयान्ड विरुद्ध र २०१९ मा नै चेकले टर्की विरुद्ध २ सय ७८ रन बनाएका थिए ।
सर्वाधिक छिटो शतक
युवा अल राउन्डर कुशल मल्लले टि ट्वान्टी अन्तराष्ट्रिय सवैभन्दा छिटो शतक प्रहार गर्ने विश्व किर्तिमान बनाएका छन् । कुशलले ३४ वलमा शतक प्रहार गरेका थिए ।
उनी भन्दा पहिले भारतका रोहित शर्मा, दक्षिण अफ्रिकाका डेविड मिल्लर र चेक रिपब्लिकका सुदेश विक्रममा शेकाराको नाममा किर्तिमान थियो । उनीहरुले ३५ वलमा शतक प्रहार गरेका थिए । मिल्लरले २०१७ मा बंगलादेश विरुद्ध सोही वर्ष रोहितले श्रीलङका र सुदेशले २०१९ मा टर्कीसंग यो सफलता हात पारेका थिए ।
आक्रमक ब्याटिङ गरेका कुशल ८ चौका र १२ छक्काको मदतमा ५० वलमा १ सय ३७ रनमा अविजीत रहे । नेपालका खेलाडीले कुनैपनि फरम्याटमा बनाएको यो अहिले सम्मको उच्च रन हो ।
दिपेन्द्रको विश्व किर्तिमान
दिपेन्द्रले पनि आफ्नो नाममा विश्व किर्तिमान लेखाएका छन् । उनले भारतका युवराज सिंहले १६ वर्ष अघि बनाएको सर्वाधिक छिटो अर्ध शतकको किर्तिमान तोडेका हुन् ।
मंगोलिया विरुद्ध दिपेन्द्र १९ औं ओभरको दोस्रो वलमा क्रिजमा गएका थिए । उनले ९ वलमानै ५० रन पुरा गर्दै विश्व किर्तिमान कायम गरेका हुन् । युवराजले सन् २००७ मा टि टवान्टी विश्वकप सेमीफाइनलमा इङल्यान्ड संग १२ वलमा अर्ध शतक बनाएका थिए । दिपेन्द्रले लगातार ६ छक्का पनि प्रहार गरे । उनी १० वलमा ५२ रन जोड्दै अविजीत रहे । दिपेन्द्रले ८ छक्का हिर्काएका थिए ।
ठूलो अन्तरको जित
तीन सय १५ रनको लक्ष्य पछ्याएको मंगोलिया १३ दशमबल १ ओभरमा ४१ रनमा अल आउट भयो । नेपालले २३ रन अतिरिक्त दिएको थियो । दावासुरेनले १० रन बनाउनु बाहेक अन्यले दोहोरो अंक छुन सकेनन् । सन्दीप लामिछाने, करण केसी र अभिनास बोहराले दुइ दुइ विकेट लिए । सोमपाल कामी, दिपेन्द्र र कुशल भुर्तेलको नाममा एक एक विकेट रह्यो । नेपाल ७ सय ७३ रनले विजयी भयो । यो पनि टि ट्वान्टी आइमा ठुलो अन्तरको जीत हो । यसअघि २०१९ मा चेकले टर्की माथि २ सय ५७ रनको जित हात पारेको थियो ।
एकै इनिङसमा सर्वाधिक छक्का
नेपालले आफ्नो इनिङसमा कुल २६ छक्का हिर्कायो । टि ट्वान्टी आइमा एकै इनिङसमा कुनैपनि टिमले यति धेरै छक्का हानेको यो पहिलो पटक हो । २६ मध्ये १२ कुशलले, ८ दिपेन्द्रले र ६ रोहितले प्रहार गरेका हुन् ।
रोहितले के भने ?
खेलपछि प्रतिृकया दिदै कप्तान रोहितले टस जितेको भए नेपालले पहिले ब्याटिङ गर्ने योजनामा रहेको सुनाए । नेपालले सुरुवातमा केही सुस्त ब्याटिङ गरेको थियो । तर रोहितले टि ट्वान्टीमा ३ सय १४ ठुलो स्कोर भएको बताए । उनले ४ सय को अपेक्षा गर्न नहुने उल्लेख गरे । उनले क्रिकेट बाट नेपाललाई पदक दिलाउने विश्वास ब्यक्त गरे । नेपालले अब आइतबार माल्दिभस संग खेल्नेछ । माल्दिभ्सको दोस्रो टिम एसियाडमा सहभागी छ ।
आइसीसी टि ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोट जुधेकाले माल्दिभ्सले एसियाडमा दोस्रो टिम पठाएको हो । समुह चरणमा नौ टिमले प्रतिस्पर्धा गर्नेछन । तीन समुहका शीर्ष टिम क्वाटरफाइनल प्रवेश गर्नेछन् । भारत, श्रीलङका, अफगानिस्तान र बंगलादेश र पाकिस्तानले सिधै क्वाटरफाइनल खेल्नेछन् ।
प्रतिकृया दिनुहोस