म्यानचेष्टर युनाइटेड र सिटी दुवै पराजित

काठमाडौं । इङलिस प्रिमियर लिगमा शीर्ष स्थानको म्यानचेष्टर सिटीले नराम्रो पराजय भोगेको छ । आज भएको खेलमा ओल्भस विरुद्ध सिटी २–१ गोल अन्तरले पराजित भयो ।
खेलको १३औं मिनेटमा सिटीका डियासले आत्मघाती गोल गरेपछि पछि परेको उसलाई खेलको ५८औं मिनेटमा जुलियन अल्भारेजले गोल गर्दै बराबरीमा ल्याएका थिए ।
तर सिटी विरुद्ध ६६औं मिनेटमा ओल्भसका लागि ह्वान हेइ चानले निर्णायक गोल गर्दै टिमलाई महत्वपूर्ण ३ अंक दिलाए ।
उता जारी सिजनमा पनि खराब प्रदर्शन गरिरहेको म्यानेष्टर युनाइटेल क्रिष्टल प्यालेससँग पराजित भयो । क्रिष्टलका लागि खेलको २५औं मिनेटमा एन्डर्सनले गरेको एक मात्रै गोल निर्णायक बन्यो । आर्सनले वर्नमाउथलाई ४ गोल हानेर जित हात पारेको छ ।
अंक तालिकामा हारका बाबजुत सिटी पहिलो स्थानमा छ । समाज ७ खेल खेलेको लिभरपुल दोस्रो, आर्सनल तेस्रो, टोटनह्याम चौथो स्थानमा छन् । म्यानचेष्टर युनाइटेड दशौं स्थानमा छ ।
लिभरपुल र टोटह्यामबीचको खेल जारी छ ।
प्रतिकृया दिनुहोस