• २०८१ कार्तिक ७ बुधबार
  • Wednesday, 23 October, 2024

आजदेखि टिकटक बन्द गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले आजदेखि सामाजिक सञ्जाल टिकटक बन्द गर्ने भएको छ।

प्राविधिक काम गर्न एक डेढ घन्टा लाग्ने र त्यसपछि बन्द हुने उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले जानकारी दिए।

‘सामाजिक सदभाव बिगार्ने, उच्छृङ्खल गतिविधि गर्ने, राष्ट्रियता कमजोर बनाउन टिकटक प्रयोग गरिएकाले बन्द गर्ने निर्णय गर्यौं’, उनले भने।

आज बसेको मन्त्रिपरिषद बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको थियो। 

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका प्रेस सल्लाहकार नरेन्द्र केसीका अनुसार टिकटकलाई रोक लगाउने सम्बन्धी निर्णय मन्त्रिपरिषद्ले गरेको छ । यसलाई सञ्चार मन्त्रालयले कार्यान्वय गर्ने छ ।

छिमेकी देश भारत, पाकिस्तानमा पनि टिकटकलाई प्रतिबन्ध लगाईएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर