• २०८१ असोज ३० बुधबार
  • Wednesday, 16 October, 2024

आईफोन १६ आजदेखि नेपाली बजारमा, के के छन् अफर ?

काठमाडौं । ग्याजेटको दुनियाँको राजा आईफोन १६ आजदेखि नेपाली बजारमा किनबेच हुन थालेको छ ।

एप्पल कम्पनीले ‘आइफोन १६’ सिरिज सार्वजनिक गरेको एक महिनापछि नेपाली बजारमा उपभोक्ताले किन्न पाउने भएका हुन् । ९ सेप्टेम्बरमा अमेरिकाको क्यालिफोर्नियास्थित एप्पल पार्कमा आइफोन १६ सिरिज सार्वजनिक भएको थियो।

नेपालका लागि एप्पलको आधिकारिक विक्रेता जेनेरेसन नेक्स्टले आजैदेखि नेपाली बजारमा आइफोन १६का सिरिजहरू सहज रुपमा देशरभर किन्न पाइने बताएकाे छ ।

एप्पलका आधिकारिक स्टोरबाट आईफोन १६ खरिद गर्ने ग्राहकले थप एक वर्षको वारेन्टी पाउनेछन् । साथै एक पटकको फ्रन्ट स्क्रिन रिप्लेसमेन्ट र एक पटक पछाडिको ग्लास रिप्लेस गर्न पाउने अफरसमेत समावेश छ । 

त्यसबाहेक आईफोन १६ को कुनै पनि सिरिज खरिद गर्नेमध्ये एक भाग्यशालीले आईफोन १६ प्रो म्याक्स र ५० जनाले एप्पल वाच सिरिज १० पाउनेछन् । 

आईफोन १६ का कुनै पनि मोडेल खरिद गर्ने  ग्राहक स्वतः यस अफरमा सहभागी हुनेछन् । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर