• २०८१ जेठ १७ बिहीबार
  • Thursday, 30 May, 2024

पाँच लाखभन्दा बढी वेबसाइट 'बन्द'

नेपालको इन्टरनेटमा टिकटक बन्द गर्ने सरकारको निर्णयलाई चुनौती दिँदै कैयौँ कानुन व्यवसायीहरूले सर्वोच्च अदालतमा मुद्दा दर्ता गराएका छन्।

सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्द घिमिरेका अनुसार शुक्रवार अपराह्नसम्म कम्तीमा १० वटा रिट निवेदन दर्ता भएका छन्।

“सबै रिटलाई एकै ठाउँ राखेर सोमवार प्रारम्भिक सुनुवाइ गर्ने पेसी तोकिएको छ,” उनले भने।

रिट निवेदकहरूले टिकटक बन्द गर्ने निर्णय मौलिक हकविरुद्ध रहेको र यसले अभिव्यक्ति स्वतन्त्रता हनन गरेको दाबी गरेका छन्।

नेपालमा लोकप्रिय बनेको टिकटक बन्द हुँदा यसको पक्ष र विपक्षमा व्यापक बहस भइरहे पनि नेपाली इन्टरनेटमा बन्द गरिएको यो मात्रै चाहिँ होइन।
नेपालमा इन्टरनेटको नियामक निकायको रूपमा काम गरिरहेको नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार नेपालमा पाँच लाखवटा भन्दा बढी वेबसाइट र मोबाइल एप बन्द भइसकेका छन्।

नेपालमा कुनकुन साइट खोल्न सकिँदैन
नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार नेपालमा बन्द गरिएका सबैभन्दा धेरै वेबसाइट र अनलाइन एप्लिकेशनहरूमा ‘पोर्नोग्राफिक’ भनिने अश्लील वा यौन सामग्रीसँग सम्बन्धित छन्।

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका हत्यारा पत्ता नलागेको भन्दै देशभरि प्रदर्शनहरू भइरहेका बेला विसं २०७५ सालमा सरकारले ूइन्टरनेटमा उपलब्ध हुने अश्लील सामग्रीका कारण यौन हिंसाका घटना बढेकोू भन्दै त्यस्ता वेबसाइटहरू बन्द गर्ने निर्णय गरेको थियो।
त्यसयता यस्ता वेबसाइटहरूको निरन्तर अनुगमन भइरहेको र अहिलेसम्म ५,००,००० भन्दा बढी त्यस्ता सामग्री उपलब्ध हुने वेबसाइटहरू बन्द भइसकेको प्राधिकरणका अधिकारीहरूले जानकारी दिए।

प्राधिकरणका अनुसार नेपालमा क्रिप्टोकरेन्सी र अनलाइन जुवासम्बन्धी पनि १०० वटा भन्दा बढी वेबसाइट बन्द गरिएका छन्।

तर केही प्रयोगकर्ताहरूले भीपीएन र विशेष प्रकारका ब्राउजर प्रयोग गरेर प्रतिबन्धित साइट र एप खोल्ने गरेको पाइएको छ।

नेपाल राष्ट्र ब्याङ्कले गत वर्ष नेपालमा क्रिप्टोकरेन्सीमा प्रतिबन्ध लगाएपछि त्यससँग सम्बन्धित वेबसाइटहरू पनि बन्द गर्न सुरु गरिएको प्राधिकरणका अधिकारीहरू बताउँछन्।

नेपालमा प्रेस काउन्सिलको सिफारिसमा दर्ता नभएका अनलाइन समाचार पोर्टलहरू पनि बन्द गर्ने गरिएका छन्। त्यस्ता वेबसाइटहरूको सङ्ख्या पनि करिब १०० रहेको प्राधिकरणले जनाएको छ।

नेपालमा यसअघि अनलाइनमा खेलिने पब्जी खेलको एप्लिकेशन पनि नचल्ने बनाइएको भए पनि उक्त निर्णयविरुद्ध अदालतमा मुद्दा परेको थियो।

त्यस बेला अधिवक्ताहरूले सरकारले कानुनी आधारबिनै पब्जी बन्द गरेको दाबी गरेका थिए।

 नेपालमा वेबसाइटहरू बन्द गराउन सक्ने अधिकार दूरसञ्चार प्राधिकरणसँग मात्रै भए पनि प्राधिकरणले सरकारको निर्णयबिना आफैँ बन्द गर्ने गरेको छैन।

प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालका अनुसार सरकारले बन्द गर्न पत्र पठाएका वेबसाइटहरू मात्रै बन्द गर्न इन्टरनेट सेवा प्रदायकहरूलाई निर्देशन दिइने गरिएको छ।

“कानुनले हामीलाई इन्टरनेटको सामग्री नियन्त्रण गर्ने अधिकार दिएको छैन। हामी अधिकारप्राप्त सरकारी निकायले गरेको निर्णयका आधारमा मात्रै बन्द गर्ने प्रक्रिया अघि बढाउँछौँ,” उनले भने।

नेपालमा अहिले २१ वटाको हाराहारीमा इन्टरनेट सेवा प्रदायकहरू छन्।

प्राधिकरणले निर्देशन दिए पनि कैयौँ इन्टरनेट सेवा प्रदायकले समयमै टिकटक बन्द गरेका थिएनन्। कतिपय प्रयोगकर्ताहरूले कुनैकुनै इन्टरनेट सेवामा अझैसम्म टिकटक चलिरहेको बताएका छन्।

“हामीकहाँ दूरसञ्चार प्रणालीमा खुला इजाजत प्रणाली भएको छ। २०(२१ वटा नेटवर्क सर्भिस प्रोभाइडरहरू छन्,ू उनले भने, ूयी सबैले आआफ्नो गेटवे राखेर ब्यान्डविथ ल्याउने काम गर्छन्।ू

ूयी सबैसँग सम्पर्क गरेर बन्द गर्न लगाउनुपर्छ। राज्य नियन्त्रित भएको भए राज्यले नियन्त्रित गर्ने गर्थ्यो।”

प्राधिकरणले तिहारको बिदा सकिएलगत्तै शुक्रवारबाट नेपाली इन्टरनेटमा टिकटक चले नचलेको अनुगमन तीव्र बनाइएको दाबी गरेको छ।

“नब्बे प्रतिशत बन्द भइसकेको छ। बाँकी कहाँकहाँ भएको छैन हामी अनुगमन गर्दै छौँ। उनीहरू ९टिकटक० आफैँले धेरैवटा इन्टरनेट सेवा प्रदायकहाँ सीडीएन ९कन्टेन्ट डाइभर्सिटी नेटवर्क० राखेका छन्। त्यस कारण पनि हामीलाई दबाव दिने रणनीति हुन सक्छ,” खनालले भने।

इन्टरनेट सेवा प्रदायकहरूका अनुसार पछिल्लो समय टिकटकले नेपालमै क्याश सर्भर राखेको थियो।

क्याश सर्भर प्रयोगकर्तासँग नजिकै हुने हुँदा जुन वेबसाइट वा एपले राखेको हो त्यसको गति निकै चुस्त हुन्छ। हतपत परिवर्तन नहुने तस्बिरजस्ता स्थिर डेटा उक्त सर्भरमा भण्डारण भएर बन्छन्।

यस्तो सर्भर नेपालमा राख्दा देशभित्रबाटै टिकटकमा राखिएका सामग्री नेपालमा हेर्दा इन्टरनेटको ब्यान्डविथ विदेश जाँदैन।

इन्टरनेट सञ्चालकहरूको संस्था इस्पान नेपालका अध्यक्ष सुधीर पराजुलीका अनुसार पछिल्लो समय नेपालभित्र सबैभन्दा धेरै इन्टरनेटको ब्यान्डविथ खपत गर्ने सामाजिक सञ्जाल टिकटक बनेको थियो।

“टिकटकले मात्रै हाम्रो आन्तरिक ब्यान्डविथको ३० प्रतिशत हिस्सा खपत गर्ने गरेको थियो,” पराजुलीले भने। उनी सुविसु केवलनेट प्रालिका अध्यक्ष पनि हुन्।

“टिकटकले नेपालमै क्याश सर्भर राखेयता यसले खपत गर्ने अन्तर्राष्ट्रिय ब्यान्डविथ चाहिँ पाँचदेखि छ प्रतिशत मात्रै होला,” पराजुलीले भने।

नेपालका इन्टरनेट सेवा प्रदायकहरूले १।५ टेराबाइट प्रतिसेकेन्ड अन्तर्राष्ट्रिय ब्यान्डविथ खरिद गर्ने गरेका छन्।

यसबापत प्रतिमहिना ३५ करोड रुपैयाँको हाराहारीमा भुक्तानी बिदेसिने गरेको पराजुली बताउँछन्।

इस्पान नेपालका अध्यक्ष पराजुलीका अनुसार नेपालमा भीपीएन प्रयोग गरेर टिकटक चलाउने क्रम पछिल्ला केही दिनयता बढेसँगै अन्तर्राष्ट्रिय ब्यान्डविथको प्रयोग थप बढ्ने देखिएको छ।

भीपीएनको माध्यमबाट नेपाली प्रयोगकर्ताहरूले पनि विदेशी आईपीबाट इन्टरनेट चलाउँदा अन्तर्राष्ट्रिय ब्यान्डविथ प्रयोग हुन्छ।

“टिकटक हेर्नकै लागि पनि अब बाहिरको आईपी प्रयोग भएपछि अन्तर्राष्ट्रिय ब्यान्डविथ थप खपत हुने भयो,” उनले भने।

नेपाली इन्टरनेटको ट्राफिक सबैभन्दा धेरै सिङ्गापुर जाने गरेको छ। त्यसपछि हङ्‌कङ, अमेरिका, नेदरल्यान्ड्स लगायतका देशहरूमा जाने गरेको पराजुलीले बताए।

दूरसञ्चार प्राधिकरणका अध्यक्ष खनाल भीपीएनको प्रयोगलाई प्राधिकरणले पनि रोक्न नसक्ने बताउँछन्।

“विदेशी सर्भर त हामी बन्द गर्न सक्दैनौँ। हामीकहाँ प्रवेश गरेपछि मात्रै हामीले रोक्न सक्छौँ। हाम्रो बजार सानो भएका कारण हामीकहाँ त्यो खालको सम्झौता हुन सकेको छैन,” उनी भन्छन्। बीबीसीबाट

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर