• २०८१ श्रावण १२ शनिबार
  • Saturday, 27 July, 2024

नेपालका १० नम्बर जर्सीः लाकेनले यमन विरुद्धको खेल गुमाउने    

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका महत्वपूर्ण सदस्य १० नम्बरको जर्सी लगाउने युवा मिडफिल्डर लाकेन लिम्बुले यमन विरुद्धको खेल गुमाउने भएका छन् । फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को छनौट प्रतियोगिता अन्तर्गत समूह चरणको दोस्रो खेलमा मंगलबार यमन विरुद्धको खेल गुमाउने भएका हुन् ।

उनी छनौट प्रतियोगिता अन्तर्गत पहिलो खेलमा युएई विरुद्ध खेल्ने क्रममा सुरुवाती १७ मिनेटमा घाइते भएर मैदान बाहिरिएका थिए । उनको खुट्टामा चोट लागेपछि लाकेन करिब दुई साता मैदान बाहिर रहने छन् । नेपाली टिमका प्रमुख प्रशिक्षकले यमन विरुद्ध लाकेन खेल्न नसक्ने बताईसकेका छन् ।

मध्यपंक्तिमा लाकेनको उपस्थिति सधै ठोस रहँदै आएकोमा यमन विरुद्ध नेपाली टोलीमा उनको कमी देखिने निश्चित छ । त्यति मात्र नभएर लाकेनले यही मंसिर ८ गतेदेखि शुरु हुन गईरहेको दोस्रो नेपाल सुपर लिगको केही खेलहरु पनि गुमाउने सम्भावना देखिएको छ ।

लाकेनलाई सुपर लिगको नयाँ सिजनका लागि नव आगन्तुक टोली झापा फुटबल क्लबले अनुवन्ध गरिसकेको छ ।  

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर