• २०८० मङ्सिर १३ बुधबार
  • Wednesday, 29 November, 2023

ललितपुरमा ६ महिना लामाे निषेधाज्ञा किन ?

काठमाडौं । जिल्ला प्रशासन कार्यालय ललितपुरले पनि लामो समयका लागि निषेधित क्षेत्र तोकेको छ।

प्रमुख जिल्ला अधिकारी रूद्रप्रसाद पण्डितले मंगलबार आदेश जारी गर्दै पुल्चोकस्थित मन्त्री निवास र युएन हाउस क्षेत्रको सुरक्षा संवेदनशीलताका लागि भन्दै निषेधित क्षेत्र तोकेका हुन्। 

सुरक्षा संवेदनशीलता कहाँबाट कसरी उत्पन्न भयो भन्ने कुरा उनले खुलाएका छैनन् । काठमाडौं जिल्ला प्रशासनले माइतीघर, बानेश्वर क्षेत्रमा निषेधाज्ञा जारी गरेको भोलिपल्ट ललितपुर जिल्ला प्रशासनले ६ महिने निषेधाज्ञा जारी गरेको हो । 

६ महिना लामो निषेधाज्ञा किन राज्य को सँग यतिधेरै भयभित भयो भन्ने प्रश्न उठन थालेको छ । 

‘मंसिर ५ गतेदेखि आगामी ६ महिनासम्मका लागि पाँच जनाभन्दा बढी व्यक्ति भेला भई नाराजुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनशन, सभाजस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न निषेध गरेको आदेश जारी गरिएको छ,’ प्रजिअ पण्डितले जारी गरेको आदेशमा भनिएको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर