• २०८३ कार्तिक ७ शुक्रबार
  • Friday, 23 October, 2026

राजनीतिक भ्रमणकाे राप सेलाउन नपाउँदै अचानक भारतकाे धार्मिक भ्रमण गर्दै रवि 

काठमाडौँ । केही समय अघिकाे राजनीतिक भ्रमणकाे राप सेलाउन नपाउँदै रास्वपा सभापति रवि लामिछाने भारतकाे धार्मिक भ्रमणमा निस्केका छन् । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति लामिछाने शुक्रबार भारत भ्रमणमा निस्किएका छन्।

लामिछानेको निजी सचिवालयका अनुसार उनले शुक्रबार कात्तिक ६ देखि तीन दिनसम्म भारत भ्रमण गर्ने भएका हुन्।

विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेज्यू भोलि मिति २०८३ कार्तिक ६ गतेदेखि तीन दिने निजी तथा पारिवारिक तीर्थाटनका लागि भारत प्रस्थान गर्ने बेहोरा सम्पूर्ण पार्टी पंक्ति, शुभचिन्तक, आम जनसमुदाय तथा सम्बन्धित सबैमा जानकारी गराउँदछौँ।’

सचिवालयको विज्ञप्तिअनुसार सभापति लामिछानेले धनगढी हुँदै भारतको उत्तराखण्ड, नैनीतालस्थित कैँची धाम र आसामको गुवाहाटीस्थित कामाख्या मन्दिरमा सपरिवार पूजाअर्चना गर्ने कार्यक्रम छ।

अगाडि भनिएको छ, ‘तीनदिने आध्यात्मिक तथा पारिवारिक भ्रमण सम्पन्न गरी उहाँ स्वदेश फर्किनुहुनेछ।’

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर