• २०८२ बैशाख २६ शुक्रबार
  • Friday, 9 May, 2025

भृकुटीमण्डपमा ‘साउथ एसिया इन्टरनेशनल बुक फेयर (फोटोफिचर)

काठमाडौं, मङ्सिर ६ गते। साना कलिला नानीबाबुदेखि ग्राज्युएडसम्मका पाठकलाई एउटा राम्रो  अवसर हुन सक्छ ‘साउथ एसिया इन्टरनेशनल बुक फेयर २०२३ (नेपाल)’। काठमाडौँको भृकुटीमण्डपमा मंगलबारदेखि सुरु भएको पुस्तक प्रदर्शनी अब चार दिनसम्म चल्नेछ। 

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसाय महासङ्घका अध्यक्ष सञ्जय कुमार चौधरीले पुस्तक प्रदर्शनीको एक मुख्य उद्देश्य पाठक संस्कृतिको विकास गर्नु रहेको बताउछन् ।

उनले भने, “विदेशतिर देख्नुभएको होला। हरेक प्रान्तमा हरेक वर्ष यस्ता पुस्तक प्रदर्शनी हुने गर्छन्। तर, दुर्भाग्यवश नेपालमा गत दश वर्षदेखि कुनै पनि बुक एक्जिविसन हुन पाएको छैन।”  

महासङ्घले दश वर्षअघि यसखाले पुस्तक प्रदर्शनी आयोजना गरेको थियो। उनले भने, “यसरी बुझौँ कि, त्यो बेला जो मान्छे तीन, चार कक्षामा बुक फेयरमा सहभागी भए, आज ती विश्वविद्यालय पढ्ने भइसकेका छन्। त्यसपछिको पीढीले हेर्न पाएका थिएनन्।”

यस पटकको पुस्तक प्रदर्शनीमा सबै तहका शैक्षिक सामाग्रीसहित संस्कृति, साहित्य, व्यापार, व्यवसाय, लेख, रचना, सन्दर्भ सामग्री, मोन्टेसरी, उपन्यास, खेलकुद, प्रेरणादायी विषयवस्तु लगायत सबैजसो विधाका पुस्तक रहेको उनले बताए ।

प्रदर्शनीमा एक सय ५० वटा एक्जिबिटर छन्। उहाँले १५ वटा देशबाट पुस्तक प्रदर्शनीमा एक्जिविटरहरु सहभागी भएको भन्नुहुँदै इजिप्ट, अमेरिका, बेलायका प्रकाशक सहभागी छन् ।  

प्रदर्शनीमा हरेक देशले आफ्नो संस्कृतिलाई प्रचार गर्ने उद्देश्यले संस्कृतिसँग सम्बन्धित पुस्तकमा अलि जोड दिएको उनको भनाइ छ।   

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर