खाली पेटमा कालो चिया पिउने गर्नुभएको छ ? यस्ता छन् फाइदा

काठमाडौं । बिहान उठ्ने बित्तिकै चिया पिउने हामी धेरैको बानी हुन्छ ।
तपाई पनि बिहान उठ्ने बित्तिकै वा खाली पेटमा चिया पिउने गर्नुहुन्छ ? कालो चिया वा दुध हालेको चिया पिउनु हुन्छ ? चियामा चिनीको मात्रा कस्तो राख्नु हुन्छ ?
यी धेरै कुराले तपाईको स्वास्थ्यमा फरक–फरक असर पारिरहेको हुन्छ । चियालाई कुनै किसिमले खाँदा उपयोगी हुने गर्छ । स्वास्थ्यमा चियाले पुर्याउने फाइदा धेरै छन् ।
दुध चियाले शरिरमा हानी पुर्याउँछ तर कालो चिया पिउँदा स्वास्थ्यको लागि विभिन्न किसिमका फाइदाहरु हुने गर्दछन् ।
बिहान हर घरमा पाक्ने चिया मध्ये कालो चियाको बारेमा केही फाइदाजनक तथ्य समेत रहेका छन् ।
वजन घटाउने– कालो चियामा क्यालोरी कम हुन्छ । यो पिएपछि भोक कम लाग्छ र त्यसले वजन घटाउनमा सहयोग गर्दछ ।
हृदयाघातको जोखिम कम– दिनहुँ २,३ कप कालो चिया पिउने मानिसहरुमा चिया नपिउने मानिसमा भन्दा हृदयाघातको जोखिम ७० प्रतिशत कम हुन्छ ।
हड्डीको मजबूती– चियामा फाइदाजनक फाइटोकेमिकल्स हुन्छन् । जसले हड्डीलाई समेत मजबुत बनाउन सहयोग गर्दछन् ।
दाँतको सुरक्षा– चियामा फ्लोराइड तथा ट्यानिन तत्व पाइन्छ जसले दाँतलाई स्वस्थ तथा मजबूत बनाउँदछ ।
रोगप्रतिरोध– कालो चिया पिउनाले सरीरमा रोग प्रतिरोधी क्षमता बढाउँदछ । साथै यसले विभिन्न खाले संक्रमणको जोखिम पनि कम गर्दछ ।
क्यान्सरबाट बचावट– चियामा पोलिफिनाइल्स तत्व हुन्छ । यसले क्यान्सरको जोखिम कम गर्दछ ।
बुढोपना घटाउने– चियामा एन्टी अक्सिडेन्ट तत्व पाइन्छ । यसले उमेर बढेसँगै देखिने बुढोपनका लक्षण कम गर्दछ ।
प्रतिकृया दिनुहोस