विद्युत प्रधिकरणको लापरबाहीः करेण्ट लागेर खेत जोतिरहेका किसानको मृत्यु

काठमाडौं । रौतहट जिल्लामा बिजुलीको तार चुँडिएर खस्दा खेत जोतिरहेक किसान र उनको गोरुको मृत्यु भएको छ ।
माधवनारायण नगरपालिकाको वडा नम्बर ७ मा स्थानीय बैजुलाल पण्डितले खेत जोतिरहेको अवस्थामा ११ केभीको तार चुँडिएर खस्दा उनको घटनास्थलमै मृत्यु भएको हो ।
खेत जोतिरहेको अवस्थामा करेन्टसहितको तार पण्डितमाथि खसेको थियो । उक्त करेन्ट लागेर उनीसँगै खेत जोतिरहेको एउटा गोरु पनि मरेको छ ।
पहिलेदेखि नै बिजुलीको सर्ट भएर त्यहाँ आगो बल्ने गरेको तर विद्युत प्राधिकरणको लापरबाहीले समयमै मर्मत नहुँदा मानिसको ज्यान जाने अवस्था आएको स्थानीयको गुनासो छ।
प्रतिकृया दिनुहोस