• २०८१ श्रावण १२ शनिबार
  • Saturday, 27 July, 2024

प्रधानमन्त्री प्रचण्डकी नातिनीको विवाह गोकर्ण फरेष्ट रिसोर्टमा

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की नातिनी एवम् भरतपुर महानगरपालिका मेयर रेनु दाहालकी छोरी प्रतिभा पाठकको विवाह गोकर्ण फरेष्ट रिसोर्टमा हुँदैछ ।

आज शुक्रबार विवाह उनको गोरखाका विज्ञानबाबु रेग्मीसँग विवाह हुन लागेको हो ।

उनको विवाह गोरखाका विज्ञानबाबु रेग्मीसँग हुन लागेको हो । उनीहरुबीच मंसिर १२ गते टीकाटालो भएको थियो । आजको विवाह समारोहमा एक हजारा बढीलाई निम्ता गरिएको छ ।

प्रतिभाले बेलायतबाट उच्च शिक्षा प्राप्त गरेकी हुन् भने विज्ञान स्वीजरल्याण्डमा बस्दै आएका छन् । उनले अक्सफोर्ड विश्वविद्यालयबाट ‘इकोनोमिक डेभलपमेन्ट’ मा स्नातकोत्तर गरेका छन् ।

मंसिर १२ गते उनीहरूबीच ‘इन्गेजमेन्ट’ अर्थात टीकाटालो भएको थियो । विवाह समारोहमा प्रचण्डका पारिवारिक सदस्य, सरकारका मन्त्रीहरू, उच्च तहका कर्मचारीहरू, संवैधानिक प्रमुख, पूर्वप्रधानमन्त्रीहरू तथा विभिन्न दलका शीर्ष नेताहरू लगायतलाई निमन्त्रणा गरिएको छ।
 
विवाहमा जन्ती आउनेक्रम जारी रहेको एक सहभागिले समाचार दैनिकलाई जानकारी दिए ।  

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर