• २०८१ श्रावण १२ शनिबार
  • Saturday, 27 July, 2024

रुसी अनुसन्धानकर्ताले अन्टार्कटिकामा फलाए तरबुजा

एजेन्सी । अन्टार्कटिकाको रूसी क्षेत्रमा पर्ने भोस्टोक स्टेसनमा रूसी अनुसन्धानकर्ताहरूले खेती गरेर तरबुजा फलाउन सफल भएका छन् । ग्लोबल वार्मिङका कारण हिउँ पग्लँदै गएपछिको वातावरण परीक्षणका साथै एक भिन्न अभ्यासमा अन्टार्कटिकाको भोस्टोक स्टेसनमा यस्तो प्रयोग गरिएको हो ।

हालको पहिलो परीक्षण प्रयासमा रूसी वैज्ञानिकले आठवटा तरबुजा फलाउन सफल भएका छन् । तरबुजा उब्जाउन ‘हाइड्रोपोनिक प्रविधि’ प्रयोग गरिएको उनीहरूको भनाइ छ । फलेका तरबुजाको आकार र रङ साबिककै जस्तो भए पनि गुदी भने फरक हुने गरेको देखिएको छ । रातो रङमा आउने तरबुजाको गुदी अन्टार्कटिकामा भने पहेंलो पनि हुने गरेको छ ।  

आकार प्रकारमा उत्तिको साह्रो फरक छैन । तरबुजाको पहिलो परीक्षणमा फलेका प्रत्येक तरबुजाको तौल १ किलोग्राम हुनुले पनि यसको पुष्टि गर्छ । अन्टार्कटिका अन्वेषकका अनुसार भोस्टोक स्टेसनको प्रयोगशालामा अन्य तरकारी, फलफूल तथा सागपातको प्रारम्भिक अभ्यास भइरहेको छ ।

वैज्ञानिकका अनुसार ब्ल्याकबेरी, स्ट्रबेरी र ब्लुबेरी आदिको अभयास जारी छ । यदि त्यहाँ यी वस्तु उब्जिए भने ती सबै पृथ्वीको सबैभन्दा चिसो ठाउँमा उब्जाउने वस्तु हुनेछन् ।

ती वस्तुमा संसारको चासो रहने ती अनुसन्धानकर्ताको अपेक्षा रहेको छ । सन् २०२० देखि निरन्तर प्रयास गरिरहेका वैज्ञानिक अहिले आफ्नो सफलतामा हौसिएका छन् । उनीहरू अनुसन्धान प्रयास गर्दाका बखतदेखि त्यहाँ तरकारी रोप्दै आएका छन् ।

अहिले ८० भन्दा बढी प्रकारका तरकारी उब्जन थालिसकेको उनीहरूको दाबी छ । यदि, यो सफलता व्यवसायका रूपमा अघि बढाउन सकियो भने रूसको विशाल साइबेरियाको भाग पनि खेतीपातीमा परिणत गर्ने लक्ष्य रूसले लिएको छ । गहुँ खेती गरेर सिंगो युरोप पालिरहेको रूस अहिले साइबेरियामा खेतीको सम्भावना देखिन थालेपछि थप सफलता हात लाग्ने कुरामा आशावादी देखिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर