इण्डियन आइडलबाट बाहिरिइन् नेपाली चेली मेनुका

काठमाडौँ । नेपाली चेली मेनुका पौडेल ‘इण्डियन आइडल’को प्रतिस्पर्धाबाट बाहिरिएकी छन् । भारतीय टेलिभिजन रियालिटी शो ‘इण्डियन आइडल’ को आइतबारको एपिसोडमा उनी बाहिरिएको घोषणा भएको हो ।
मेनुकाले पनि आफ्नो सामाजिक संजालबाट पनि आफू इण्डियन आइडलबाट बाहिरिएको जानकारी दिएकी छन् । उनले भनेकी छन्– ‘मेरो इण्डियन आइडलको यात्रा यहीँ सकिएको छ । तर, मेरो जीवनको सांगीतिक यात्रा भर्खर सुरु भएको छ ।’
मेनुकाले आफ्ना प्रदर्शनहरुमा अधिकाँश उत्कृष्ट प्रस्तुती दिएकी थिइन । तर उनलो पछिल्ला दुई गाएनमा लिरिक्स बिर्सिइन । जसबारे जजहरुले नकारात्मक कमेन्ट गरे ।
उनी इण्डियन आइडलको उत्कृष्ट १० मा छनोट भएकी थिइन् । इन्डियन आइडलमा रहँदा उनले ‘सलार’ मार्फत भारतीय फिल्म गायनमा डेब्यु गरेकी थिइन् ।
मेनुकालाई आँखा देख्न सहज बनाउन आइडल मार्फत नै भारतीय चिकित्सकहरुले ‘एआई भिजन चस्मा’ उपलव्ध गराएका थिए ।
प्रतिकृया दिनुहोस