• २०८१ श्रावण १२ शनिबार
  • Saturday, 27 July, 2024

आइभरी कोष्ट अफ्रिकन च्याम्पियन

काठमाडौँ । अफ्रिकन कप अफ नेसन्सको उपाधि आइभरी कोष्टले जितेको छ । गएराती सम्पन्न फाइनल खेलमा नाइजेरियालाई २–१ गोलले हराउँदै आइभरी कोष्ट च्याम्पियन बनेको हो ।

आइभरी कोष्टको जितमा फ्रयाङ्क केस्सीए र सेबासटीएन हल्लेरले एक–एक गोल गरेका थिए । त्यस्तै नाइजेरियाका लागि विलियम ट्रोस्ट एकोंगले एक गोल गरेका थिए ।

खेलको पहिलो हाफमा १–० गोलले पछि परेको आइभरी कोष्टले दोस्रो हाफमा सानदार पुनरागमन गर्दै उपाधि जितेको हो ।

आइभरी कोष्टका लागि निर्णायक गोल गर्ने हल्लेर १९ महिना अघि क्यान्सरलाई जितेर मैदानमा फर्किएका थिए । उनकै निर्णायक गोलमा आइभरी कोष्ट अफ्रिकाको च्याम्पियन बनेको छ ।

यो सँगै आइभरी कोष्टले तेस्रो पटक अफ्रिकन कप अफ नेसन्सको उपाधि जितेको छ । यस अघि आइभरी कोष्टले सन् १९९२ र २०१५ मा  अफ्रिकन कप जितेको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर