• २०८१ असोज १ मंगलबार
  • Tuesday, 17 September, 2024

बालोन डो अरको २०२४ को मनोनयनमा पहिलाे पटक परेनन् मेसी,यमलकाे रेकर्डधारी इन्ट्री

काठमाडौँ । विश्व फुटबलको प्रतिष्ठित अवार्ड बालोन डो अरको २०२४ को मनोनयन सार्बजनिक गरिएको छ । फ्रान्स फुटबल फेडेरेसनले हरेक बर्ष दिने यो प्रतिष्ठित अवार्डका लागि यस बर्ष ३० जनाको मनोनयन सार्बजनिक गरिएको छ । अब यी ३० जनामध्येबाट नै अक्टोबर २८ मा हुने एक समारोहमा एक जनालाई बालोन डो अर अवार्डले सम्मानित गरिने छ ।

पुरुष वर्ष खेलाडीतर्फ जुड बेलिङघम, रुबेन डियाज, फिल फोडेन, फेडेरिको भलभर्डे, एमिलियानो मार्टिनेज, एर्लिङ हालान्ड, निको विलियम्स, ग्रान्ट जाका, अर्टेम डोभबिक, टोनि क्रुस, भिनिसियस जुनियर, डानी ओल्मो, फ्लोरिन विट्ज, मार्टिन ओडेगार्ड, माट्स हुमेल्स, रोड्री, ह्यारी केन, डेक्लान राइस, भितिन्हा, कोल पाल्मर, डानी कार्भाजल, लामिन यामल, बुकायो साका, हाकन चाल्हानोग्लु, विलियम सालिवा, केलिएन एमबाप्पे, लाउटारो मार्टिनेज, एडेमोला लुकमन, एन्टोनियो रुडिगर, अलेजान्द्रद्य ग्रिमाल्डो ३० जनाको मनोनयनमा परेका छन् ।

यस्तै महिलातर्फ पनि ३० खेलाडी मनोनयनमा परेका छन् । जसमा अइताना बोनमाटी, लुसी ब्रोन्ज, लाउरेन्स जेम्स लगायत खेलाडी छन् । यसैगरी उत्कृष्ट गोलकिपरतर्फ डिएगो कोस्टा, जियानलुजी डोनारुम्मा, ग्रगोर कोबेल, आन्द्रे लोउनिन, माइक माइगनान, जिओर्जी मामार्दाच्भिली, एमिलियानो मार्टिनेज, उनाइ सिमोन, यान सोमेर र रोनवेन विलियम्स मनोनयनमा छन् ।

उत्कृष्ट युवा खेलाडीलाई प्रदान गरिने कोपा ट्रफीका लागि पाउ कुबार्सी, अलेजान्द्र गार्नाचो, अर्दा गुलेर, जाओ नेभेस, करिम कोनाटे, कोबी माइनो, साभिन्हो, माथिस तेल, लामिन यामल र वारेन जायर एमेरी मनोनयनमा छन् । उत्कृष्ट प्रशिक्षक पुरुषतर्फ जाबी अलोन्सो, कार्लो एन्सेलोट्टी, लुइस डे ला फुएन्टे, लियोनल स्कालोनी, पेप ग्वार्डिओला र जियान पिएरो गास्पेरिनी मनोनयनमा छन् । महिलातर्फको प्रशिक्षकमा सोनिया बोम्वास्टोर, आर्थर एलियास, जोनाथन गिराल्डेज, एम्मा हायेस, फिलिपा पाटाओ, सारिना विएगमान मनोनयनमा छन् ।

यसैगरी वर्षको उत्कृष्ट क्लबतर्फ रियल मड्रिड, म्यानचेष्टर सिटी, बायर लेभरकुजन, बोरुसिया डर्टमण्ड र जिरोना मनोनयनमा छन् । बालोन डो अरको गत बर्षको अवार्ड जितेका लियोनेल मेसी भने यस बर्ष मनोनयनमा परेका छैनन् । त्यस्तै पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो समेत यस मनोनयनमा रहेका छैनन् । अहिलेसम्म मेसीले ८ पटक र रोनाल्डोले ५ पटक बालोन डो अर अवार्ड जितेका छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर