• २०८१ असोज ३ बिहीबार
  • Thursday, 19 September, 2024

मैदान फर्किएका मेसीले गरे २ गोल एक असिस्ट

काठमाडौं । घाइते भएका कारण लामो समय मैदान बाहिर रहेको विश्व नम्बर एक फुटबलर लियोनल मेसी आजदेखि फर्किएका छन् ।

उनी पूर्णरुपमा रिकभर भएर फर्किएको खेलमा २ गोल र एक असिस्ट गरेर पुरानै फर्ममा रहेको संकेत दिएका छन् । 

आज विहान सकर लिगको फिलाडेल्फिया विरुद्धको खेलमा एक गोलले पछि परेको अवस्था उल्ट्याउँदै इन्टर मायामीले ३–१ गोलले जित हात पार्यो ।

मायामीको जितमा खेलको २६औं र ३० मिनेटमा लियोनल मेसीले गोल गरे । खेलको अन्तिम ९८औं मिनेटमा मेसीकै पासमा अर्का स्टार लुइस स्वारेजले गोल गरे ।

सकर लिगको तालिकामा मायामी २८ खेल खेरेर ४१ अंकसहित शीर्ष स्थानमा छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर