• २०८१ श्रावण १२ शनिबार
  • Saturday, 27 July, 2024

क्यानडा विरुद्ध भिड्दै नेपालः होला त क्लिन स्वीप ? 

काठमाडौं । अन्तर्राष्ट्रिय एकदिवसीय शृंखलाको दोस्रो तेस्रो तथा अन्तिम खेलमा सोमाबार क्यानडाको सामना गर्दा नेपाको लक्ष्य ‘क्लिन स्विप’ हुनेछ  ।

शृंखला आफ्नो पक्षमा परिसकेको नेपाल २–० ले अगाडि छ ।  खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विहान ९ः१५ देखि खेल सुरु हुनेछ । 

यसअघि नेपालले लगातार दुई खेल जितेर सीरीज नै जितिसकेको छ । त्यसैले आजको खेल पनि जितेर नेपाल यो सीरीजमा क्लिन स्वीप गर्न चाहन्छ भने क्यानडाले सान्त्वना जीत हासिल गर्ने प्रयास गर्नेछ ।

नेपालले पहिलो खेलमा क्यानडालाई ७ रनले तथा दोस्रो खेल ४ विकेटले पराजित गरिसकेको छ ।

नेपालले यो सीरीजपछि आइसीसी क्रिकेट विश्वकप लिग–२ को त्रिकोणीय सीरीज खेल्ने हुनाले क्यानडाविरुद्धको सीरीजलाई तयारीको रुपमा हेरेको छ । 

सोहि कारणले नेपालले युवा खेलाडीलाई अवसर दिने रणनीति बनाउँदै टिममा रहेका सबै खेलाडीलाई खेल्ने अवसर दिएको छ ।

त्यसैले आजको खेलमा पनि नेपालले आफ्नो प्लेइङ ११ मा परिवर्तन गर्ने सम्भावना रहेको छ ।

क्यानडाविरुद्धको सीरीजका लागि रोहित पौडेलको कप्तानीमा क्यानले १५ सदस्यीय टिम घोषणा गरेको छ । क्यानडाविरुद्ध खेल्ने टिममा रोहित पौडेल (कप्तान), आसिफ सेख, कुशल भुर्तेल, देव खनाल, कुशल मल्ल, भिम सार्की, आरिफ सेख, पवन सराफ, सोमपाल कामी, हेमन्त धामी, रिजन ढकाल, सुर्य तामाङ, ललित राजबंशी, आकाश चन्द र अनिल शाह रहेका छन् ।

सन् २०१९ मा एकदिवसीय मान्यता गुमाएको क्यानडाले २०२३ क्रिकेट विश्वकप क्वालिफायर प्लेअफमा पपुवा न्यूगिनीलाई पराजित गर्दै ४ वर्षका लागि एक दिवसीय मान्यता पुनः प्राप्त गरेको हो । 

त्यस्तै क्यानडाले आईसीसी टी(२० विश्वकप अमेरिका क्षेत्र छनोटको विजेताको रूपमा पहिलो पटक टी२० विश्वकपमा समेत आफ्नो स्थान सुरक्षित गरेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर