• २०८१ श्रावण १२ शनिबार
  • Saturday, 27 July, 2024

डुब्युमै चम्किए हेमन्त, नेपालले पायो मध्यम लक्ष

काठमाडौं । पाहुना टोली क्यानडाले नेपालविरुद्ध जारी ओडीआई सिरिजको तेस्रो खेलमा मध्यम लक्ष लिएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको क्यानडाले पूरा ओभर खेल्दा ८ विकेट गुमाउँदै २३२ रन बनायो । 

क्यानडाका लागि नवनित धलिवालले अर्धसतक पूरा गरे भने निखिल दत्तले ४५ रन हाने । उसका ३ ब्याटर दोहोरो अंक जोड्नै नपाई मैदानबाट बाहिरिन बाध्य भए । 

क्यानडालाई २३२ रनमा समेट्न नेपालका बलरहरुले आक्रामक प्रदर्शन गरे । सुरुवात गरेका हेमन्त धामीले ८ ओभर बल फालेर ४९ रन खर्चदै ३ विकेट लिए । राष्ट्रिय टिममा यो उनको डेब्यु खेल हो । 

कुशल मल्लले १० ओभर खेल्दै एक मेडनसहित ३८ रन खर्चिएर २ विकेट लिए । ललित राजबंशी र आकाश चन्दले एक एक विकेट लिए । 

नेपालले आजको खेलमा ४ परिवर्तन गरेको छ । पछिल्लो खेलबाट सूर्य तामाङ, रिजन ढकाल, सोमपाल कामी र आसिफ शेख टोलीबाट बाहिर हुँदा आरिफ शेख, ललित नारायण राजवंशी र कुशल भुर्तेल टोलीमा फर्केका छन् ।  

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर