चौतारा साँगाचोकगढी नगरपालिकाले दियो जनयुद्ध दिवसमा सार्वजनिक बिदा

काठमाडौं । सिन्धुपाल्चोकको चौतारा–साँगाचोकगढी नगरपालिकाले फागुन १ गते जनयुद्ध दिवसको अवसरमा सार्वजनिक बिदा लिएको छ । पुर्वी नेपालको जनयुद्धको यद्धगम भूमि मानिने सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम रहेको नगरपालिकाले जनयुद्ध दिवसमा बिदा दिने निर्णय गर्दै सूचना सार्वजनिक गरेको छ । 

‘जनयुद्ध दिवसको अवसरमा यस चौतारा साँगाचोकगढी नगरपालिकाको कार्यालय, अन्तर्गतका वडा कार्यालय, स्वास्थ्य संस्थाहरु, तथा नगरपालिका मातहतका विद्यालयहरुमा नगरपालिकाको मिति २०८०, १०, २५ को नगरप्रमुख स्तरीय निर्णय अनुसार २०८० फागुन १ गते मंगलबारका दिन सार्वजनिक बिदा दिने निर्णय भएको’ प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीले हस्ताक्षर गरेको सूचनामा उल्लेख छ । 

चौतारा सांगाचोकगढी नगरपालिकाको मेयरमा माओवादी केन्द्रका केन्द्रीय सदस्य समेत रहेका नेता कृष्णप्रसाद सापकोटा छन् । उनी माओवादी उपाध्यक्ष तथा पूर्व सभामुख अग्निप्रसाद सापकोटाका सहोदर भाई समेत हुन् ।

सर्वोच्च अदालतले जनयुद्ध दिवसमा बिदा नदिन आदेश दिएपछि संघीय सरकारको गृहमन्त्रालयले भने सूचना निकालेर भोलि मंगलबार बिदा नभएको जनाएको छ । 

यस अघि रोल्पा लगायतका कतिपय स्थानीय सरकारहरुले जनयुद्ध दिवसका दिन सार्वजनिक बिदा दिने निर्णय गरिसकेका छन् । नेपाल सरकारले पनि अघिल्लो वर्ष सार्वजनि बिदा दिएको थियो । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर