• २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024

पुरुषमा यौन दुर्बलताका कारण के हुन् ? हुन नदिन के गर्ने ?

काठमाडौं  । नेपाली समाज यौनका बारेमा अझै खुल्न सकेको छैन । यसको सिधा असर यौन स्वास्थ्यमा पर्ने गरेको छ ।

लाजकै कारण भनौ अहिले पनि धेरै नेपालीले यौनरोगलाई लुकाइरहेका हुन्छन् । खासगरी पुरुषहरुले यौन दुर्बलतालाई आफ्नो प्रतिष्ठासंग जोडेका हुन्छन् । सोही कारण रोगको उपचार समेत नगराई लुकाएर बस्ने गरेका छन् ।

समान्यतया, पुरुषहरुको लिङ्गमा कडापन नहुनु, यौन सम्पर्कमा समस्या आउनु तथा यौनइच्छामा नै कमी आउनुलाई यौन दुर्वलता भनिन्छ ।

यौन दुर्बलता देखिनुको प्रमुख कारण मनोबिज्ञान, तनाब, हार्मोनमा कमि र पुरुषहरुमा प्रोस्टेटको संक्रमण हुनु आदि हो ।

त्यसबाहेक व्यक्तिको खानपीन रहनसहन र जीवनशैलीले पनि यौन दुर्बलता गराउन मद्धत गर्छ ।

यौन दुर्बलता हुनुका मुख्य कारण के के हुन् ?

यौन दुर्वलताको शिकार हुनुमा धूमपान प्रमुख रुपमा रहन्छ । त्यस्तै मध्यपान, उच्चरक्तचाप, छारेरोगको भूमिका पनि उत्तिकै महत्वपूर्ण हुन्छ ।

त्यस्तै बोसोयुक्त मासुको सेवन, उच्च कोलेस्ट्रोल, मोटोपना र प्रोस्टेट ग्रन्थीमा देखिने दीर्घकालिन संक्रमणले यौनक्षमतामा ¥हास भई यौन दुर्वलताको समस्या हुने गर्छ ।

पुरुषहरुमा आर्थिक तथा सामाजिक समस्या तथा तनावले सेक्स हर्मोनको स्तरमा गिरावट हुनसक्छ र यस्तो गिरावटले पुरुषको यौन इच्छा तथा कामशक्तिमा समेत असर पुरयाउछ ।

यौन दुर्बलताका लक्षणहरु के के हुन् ?

पुरुषमाः

- यौन गतिविधिको बेला पुरुष अंग उत्थान हुन सक्दैन, जसलाई अंग्रेजी भाषामा इलेक्टाइल डिस्फङ्सन भनिन्छ  ।

- चरमोत्कर्षको अभाव हुन्छ । यौन क्रियाकपालमा सक्रिय ढंगले सहभागी हुँदा पनि यो समस्या देखिन्छ वा उसमा अति ढिलो गरेर वीर्य स्खलन हुन्छ  ।

- अर्को लक्षण भनेको शीघ्रपतन हो । यसमा यौनक्रिडामा संलग्न व्यक्तिले आफ्नो वीर्य स्खलनलाई रोक्न सक्दैन । यौनक्रियाकलापमा लागेको केही बेरमै उनको वीर्यपतन भइहाल्छ, जसले गर्दा उनको यौनजीवन दुखद बन्न पुग्छ ।

महिलामाः

-चरमोत्कर्ष प्राप्त गर्न सक्दैन

- यौनक्रियाका दौरानमा योनी सुख्खा हुन्छ

- यौनक्रियाका लागि योनीमार्गका मांसपेशीहरु सहज अवस्थामा रहन सक्दैन

महिला पुरुष दुवैमा

- यौनइच्छा नहुनु वा यौनप्रति चासो नहुनु

- यौनेत्तजना नहुनु

- यौनक्रियामा पीडा हुनु

यस्तो भयो भने यौन दुर्बलता हुन सक्छ 

यौन दुर्बलता भएका व्यक्तिहरु शारीरिक रुपमा कमजोरी अर्थात महसुस गर्ने खालका हुन्छन् । सहबासबा बेला भाग्न खोज्ने, सेक्स पार्टनरसंग तर्कने गतिविधि देखाउने गर्छन् ।

दिनभर काममा व्यस्त हुने, मानसिक रुपमा तनावमा पर्ने व्यक्तिलाई यौन दुर्बलता हुनसक्छ । यो समस्या बढदै जाँदा मानसिक तथा अन्य समस्या समेत देखा पर्न सक्छ । यौन क्रियाकलापलाई असर पर्ने गतिविधिबाट जोगिनु राम्रो हुन्छ ।

यौन दुर्बलतामा परेका व्यक्तिमा सबैभन्दा बढी समस्या मानसिक रुपमा हुन्छ । लाज डर र प्रतिष्ठाका कारण खुलेर आफ्नो समस्या व्यक्त गर्न नसक्दा कतिपयमा गम्भीर मानसिक समस्या समेत देखिन्छ ।

त्यति माात्रै होइन, लाजकै कारण यौन दुर्वलतमा फसेका व्यक्तिहरु यौन तथा गोप्य अङ्गमा समस्या हुँदा समेत चिकित्सककोमा जान सक्दैनन् ।रोग लाग्नु समस्या होइन त्यसको समाधानमा नजानु चाहि ठूलो समस्या हो । यौन दुर्बलताका कुनै एक कारण नभइ बिभिन्न कारणहरु छन् ।

यौन दुर्र्बलता हुन नदिन के गर्ने ?

यौन दुर्वलता हुन नदिन शारीरिक एबं मानसिक रुपमा फिट हुनुपर्छ । त्यसका लागि केही उपायहरु गर्न सकिन्छ । जस्तो कि पुरुषत्व कायम राख्नका लागि सफल सामाजिक जीवन र मानसिक स्वास्थ्यका लागि समेत शरीरमा यो पुरुष हर्मोनको मात्रा सन्तुलित हुनुपर्छ ।

यौन दुर्बलतामा मानिसको मनस्थिति र वातावरणको जति प्रभाव हुन्छ, त्यति नै उसको खानपिन र यौनका बेला गर्ने व्यवहारले पनि असर पार्छ । जाँड, रक्सी, चुरोट र सुर्तिजन्य बस्तुको अत्याधिक सेवनले लिङगको कोशिकाहरुमा प्रभाव पार्दछ । साथै, यो यौन शक्ति कमजोर हुनुको एक मुख्य कारण हो ।

यसैगरी मानसिक तनावले पनि हार्मोनमा परिवर्तन ल्याउछ । यौन शक्ति कम गर्ने कारण मध्ये एक यो पनि हो । केही बिरामी अवस्थामा जस्तो कि मधुमेह तथा उच्चरक्तचापले पनि यौन शक्ति कम गर्दछ । यसका साथै मानसिक समस्या अर्थात डिप्रेसनका औषधि लिने व्यक्तिमा पनि यौनइच्छा कम हुन्छ ।

त्यसैले पर्याप्त निद्रा लिनुहोस् । नियमित आराम गर्नुहोस् । कम्तिमा पनि दिनको ७ देखि ८ घण्टा सुत्नु राम्रो हुन्छ । थाह पाउनै पर्ने कुरा के हो भने शरीरमा उत्सर्जन हुने अधिकांस सेक्स हर्मोन निद्रावस्थामै उत्पादन हुने गर्छ ।

यान्त्रिक मद्दतःयौन दुर्बलता भएकाहरुलाई सहयोग पुग्ने कतिपय यन्त्रहरु पनि बनेका छन् । तिनको प्रयोगले पनि यो समस्यामा सहयोग पुग्छ सक्छ ।

यौन थेरापी स्यौन थेरापिस्टहरुको मद्दतबाट  चिकित्सकले पहिचान गर्न वा सम्बोधन गर्न नसकेको कतिपय समस्याहरुलाई ठीक पार्न सकिन्छ । ती थेरापिस्टहरुले विवाहितलाई सम्बन्धका बारेमा र यौनका बारेमा सही जानकारी र उपायहरु सिकाएर पनि यौन दुर्बलताका समस्याबाट पार पाउन मद्दत गर्न सक्छन् ।

कुरिलोमा काँडासहितको काण्ड र मसिना झुप्पादार पात हुन्छन् । यसका टुसालाई विशेषगरी तरकारीको रूपमा बढी प्रयोग गरिन्छ । जरालाई भने विभिन्न रोगको अचुक औषधिका रूपमा प्रयोगमा ल्याइन्छ । कुरिलोमा प्रशस्त मात्रामा प्रोटिन, भिटामिन, फाइबर, क्याल्सियमसँगै अन्य विभिन्न विभिन्न पौष्टिक तत्व पाइन्छन् ।

 - कुरिलोको जराको चूर्ण बनाई नियमित खाएमा यौन दुर्बलता र स्तनजन्य रोगलाई फाइदा गर्छ ।  
- कुरिलोको जराको धुलो दूध वा मनतातो पानीसँग मिसाएर पुरुषले सेवन गरेमा वीर्य बढ्छ । 
 - कुरिलोको नियमित सेवन महिलाका लागिसमेत फाइदाजनक हुन्छ । यसले शरीरमा ऊर्जा उत्पन्न गर्छ । उनीहरूमा यौन दुर्बलता हटाउन, महिनावारी गडबडी ठीक पार्नलगायत कामका लागिसमेत कुरिलो  उपयोगी हुन्छ । 
- कुरिलोको नियमित सेवन गरेमा क्यान्सर हुने सम्भावना कम हुन्छ । साथै, क्यान्सर रोगीका लागि पनि यो फाइदाजनक छ ।  
- कुरिलोलाई तरकारी वा सुप बनाएर नियमित सेवन गर्दा शरीरमा हुने विभिन्न दुखाइ सन्चो हुन्छ ।  
- कुरिलो सुत्केरीका लागि पनि उपयोगी छ । यसको सेवनले दूध नआउने समस्या समाधान गर्छ ।  
- कुरिलोको जरालाई बुद्धिवद्र्धक, अग्निवद्र्धक औषधिका रूपमा तथा दुर्बलता, शोक आदिको निवारकका रूपमा आयुर्वेदमा व्याख्या गरिएको छ ।  

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर