• २०८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024

ताइवानमा शक्तिशाली भूकम्प, ७ सय बढी घाइते

एजेन्सी । ताइवानको पूर्वी तटमा बुधबार ७.४ म्याग्निच्युडको भूकम्प गएको छ । भुकम्पपछि टापु र यसका छिमेकी देशहरूमा सुनामीको चेतावनी जारी गरिएको छ । 

भुकम्पमा परि ४ जनाको मृत्यु भएको पुष्टि भएको छ । ७ सय भन्दा धेरै घइते भएका छन् भने ७ जना च्यापिएको बीबीसीले जनाएको छ ।

ताइवानको केन्द्रीय मौसम प्रशासनले भूकम्पपछि सुनामीको चेतावनी जारी गरेको छ । सुनामीले टापुको उत्तरी तटीय क्षेत्रमा प्रभाव पार्न सक्ने सम्भावना भएकाले स्थानीयहरूलाई सुरक्षित स्थानमा लैजान भनेको छ ।

भूकम्पको केन्द्रविन्दु ताइवानको हुआलियन सहरबाट १८ किलोमिटर दक्षिणमा रहेको यूएस जियोलोजिकल सर्भेले जनाएको छ ।

यो ताइवानमा २५ वर्षयताकै शक्तिशाली भूकम्प भएको अधिकारीहरूले बताएका छन् ।

सेप्टेम्बर १९९९ मा, ताइवानमा ७.६ म्याग्निच्युडको भूकम्पले २४ सय जनाको मृत्यु भएको थियो भने पाँच हजार भन्दा बढी भवन क्षतिग्रस्त भएका थिए ।

चीनको दक्षिणपूर्वी फुजियान प्रान्तका केही भागमा समेत भूकम्पको धक्का महसुस गरिएको चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।

अहिलेपनि पराकम्पहरू गइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।

सबैभन्दा ठूलो पराकम्प ६.४ म्याग्नेच्युड मापन गरिएको छ।

भूकम्पका कारण राजधानी ताइपेइमा समेत विद्युत आपूर्ति अवरूद्ध भएको छ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर