• २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024

ग्यान्सको अध्यक्षमा जिसीको उमेद्वारी घोषणा

अमेरिका । अमेरिकाको टेक्सस राज्यको राजधानी अस्टिनमा बसोबास गर्ने नेपालीहरुको साझा संस्था ग्रेटर अस्टीन नेपाली सोसाईटी (ग्यान)को पाँचौ अधिवेशन अप्रील २१ मा हुने भएको छ ।

अधिवेशन नजिकिएसँगै नेतृत्वमा उमेद्वारी घोषणा हुन थालेका छन् । 

आइतबारसम्म सोसाइटीको नेतृत्वको लागि हालका वरिष्ठ उपाध्यक्ष कृष्ण जिसीले उमेद्वारी घोषणा गरेका छन् ।

अस्टिनका समाजसेवी टंक रेग्मीका अनुसार मंगलबार अस्टिनमा रहेको नेपाली पशुपतिनाथ मन्दिरमा आयोजित एक कार्यक्रम मार्फत अध्यक्षमा जिसीसहित सोसाइटीको महासचिव पदमा प्रदीप चौलागाई र कोसाध्यक्षमा विक्रम थापाले उमेद्वारी घोषणा गरेका हुन ।

कार्यक्रममा अस्टिनका अगुवाहरु सिपी पौडेल, नेत्रबन्दु पोखरेल, उद्धव खनाल, कुशल यादव, नारायण पुरी, विश्व शर्मा, सुवास थापा लगाएतको उपस्थितमा उमेद्वारी घोषणा भएको हो । अन्य सदस्यहरु छिट्टै टुंगो लाग्ने पनि रेग्मीले बताए । हाल सोसाईटीको अध्यक्ष भोजराज भट्ट छन् ।

अधिवेशनका लागि अप्रिल २१ सम्म सदस्यता खुल्ला गरिएको छ । 

सदस्य लिएकाले मात्रै निर्वाचनमा भाग लिन पाउने छन् । ग्यान्सले हालसालै अस्टिनमा बसोबास गर्ने नेपालीहरुको सहयोग समेतमा पशुपति नाथको मन्दिर निर्माण गरेको छ । करिव सात लाख डलरको लागतमा मन्दिर निर्माण गरिएको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर