• २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024

मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ

काठमाडौँ। भारतको राजधानीसमेत रहेको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ परेका छन् ।

भारतीय प्रवर्तन निर्देशनालय(ईडी) ले मुख्यमन्त्री केजरीवाललाई केही बेरअघि पक्राउ गरेको हो । मदिरा घोटाला प्रकरणमा उनी पक्राउ परेका हुन्।

भारतीय समाचार संस्था द हिन्दुका अनुसार बिहीबार साँझ इडीको टोलीले मुख्यमन्त्री निवासमा छापा मारेको केही घण्टापछि केजरीवाललाई पक्राउ गरेको हो। 

आम आदमी पार्टीकी नेता अतिशीले केजरीवाललाई इडीले पक्राउ गरेको बताएकी छन्।

केजरीवाल सरकारले ल्याएको मदिरा बिक्री सम्बन्धी नीतिमा घोटाला गरेको भन्दै उनलाई सुरूमा दुई घण्टा सोधपुछ गरिएको थियो। त्यसपछि उनलाई पक्राउ गरिएको थियो। 

पक्राउ गरेको विरूद्ध भारतको सर्वोच्च अदालतमा रिट समेत दर्ता भइसकेको छ। यसको सुनुवाई शुक्रबार बिहान हुने भनिएको छ। 

यस मुद्दामा पूर्व उपमुख्यमन्त्री मनिष सिसोदिया, कारोबारी विजय नायर, अभिषेक बोइनपल्ली र आमआदमी पार्टीका राज्यसभा सांसद संजय सिंह पक्राउ परेका छन्।

आम आदमी पार्टीका नेताहरूले मुख्यमन्त्री केजरीवालले हिरासतबाटै सरकार चलाउने बताएका छन्।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर